४० लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौं- वैदेशिक रोजगार विभागले २० दिनको अवधिमा पीडित कामदारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति भराएको छ। विभागमा भरत सुवेदी महानिर्देशक भएर आएपछि ठगीविरुद्धको कारबाही प्रभावकारी बनाइएको छ। उनले काम थालेको २० दिन अवधिमा ठगी गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरी पीडितलाई करिब ४० लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको विभागले जानकारी दिएको छ। यस अवधिमा विभागले ठगी गर्ने विभिन्न १० वटा म्यानपावर कम्पनीको कारोबारसमेत रोक्का गरेको छ। ठगी गर्ने कम्पनीमाथि आगामी दिनमा थप कडाइ गरिने महानिर्देशक सुवेदीले बताए। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: