कतारबाट सविनाको लाश नेपाल लगिदै

रवि रोषी, दोहा माघ २२- गत माघ १७ गते कतारमा सडक दुर्घटनामा परेर ज्यान गुमाएकी सविना लामाको शव विहिवार नेपाल लगिदैछ । उनी कार्यरत कम्पनीले उनले पाउने रकम भन्दा ६ हजार कतारी रियाल थपिदिएर पठाउन लागिएको उनीसंगै कार्यरत सहकर्मी रोजिना तामाङले फोनमा जानकारी दिएकी छिन् ।

कम्पनीका म्यानेजरसँग फोन सम्पर्क गरी जानकारी लिंदा उनले भने, थप क्षतिपुर्ति दिलाउनको लागि गाडी धनीको इन्स्योरेंस मार्फत कानूनी प्रकृया सुरु भैसकेको छ । गाडीको इन्स्योरेंस भएको हुनाले अव नेपाली दुतावास र इजिप्सीयन कम्पनी मालिकले उनको क्षतिपुर्तिको लागि कानुनी प्रकृया अघि बढाइसकेका छन् ।

कतार रहँदैको अवस्थामा एक बर्ष अघि मात्र सविनाको पतिको पनि नेपालमा मृत्यु भएको थियो । मृतकको ११ बर्षीय र ९ बर्षीय नाबालक छोराहरु विगत लामो समय देखि मामाघरमा नै आश्रय लिएर बस्दै आएका छन् ।

क्षतिपुर्ति मार्फत प्रदान गरिने सम्पुर्ण रकम नाबालक छोराहरुको नाममा बालिग नहुन्जेलको मितिसम्म बैंक दाखिला पूँजी स्थिर रहने गरी ब्याज मात्र भोगचलन गर्ने प्रावधानको लागि चितवन युवा समूहले चितवनको सम्बन्धित निकाय मार्फत कानूनी पहल गर्ने भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय