बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको झोलामा फेला पर्यो १२ किलो सुन

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक कामदारको लगेजबाट १२ किलो सुन बरामद गरेको छ। सुराकीको आधारमा झापाका बोधराज पौडेलको लगेज खानतलासी गर्दा १२ किलो सुन बरामद भएको भन्सार अधिकृत योगेन्द्र ओझाले बताएका छन्। उनका अनुसार पौडेल दुबईबाट ३ः३० बजे कतार एयरवेजको फ्लाइटबाट काठमाडौं आइपुगेका हुन्। उनी विगत चार(पाँच वर्षदेखि वैदेशिक कामदारको रुपमा दुबईमा काम गर्दै आएका छन्। बोधराज पौडेलले भने उक्त सुन आफ्नो नभएको बताएका छन्। उनले कसैले सामान पुर्याउनका निम्ति झोला दिएको र झोलामा सुन भएको आफूलाई जानकारी नभएको बताएका छन्। उनलाई हिरासत लिएर अनुसन्धान भइरहेको ओझाले बताए। नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय