विवाह गर्न फेसबुकबाटै श्रीमान् खोज्दै साउदी महिला

रियाद, माघ २०- साउदी अरवमा विवाह गरेर विदेशमा पढ्न जान चाहने महिलाको संख्या बढेको देखिएको छ । हालै सार्वजनिक एक अध्ययन रिपोर्टले यस्तो देखाएको हो ।

महिलाहरु छिट्टै पढ्न विदेश जान चाहन्छन् र त्यसका लागि उनीहरुले अभिभावकका रुपमा श्रीमान्लाई अगाडी सार्न चाहन्छन् रिपोर्टमा भनिएको छ । साउदीका दुई ठूला मस्जिदले उपलव्ध गराई रहेको छात्रबृत्ति प्राप्त गर्न चाहने युवतीहरु माझमा गरिएको अध्ययनले यस्तो निश्कर्ष निकालेको हो ।

धेरै महिला आफुसँग विवाह गर्ने उपयुक्त पुरुषको खोजिमा छन् तर उनीहरुले त्यस्तो व्यक्ति पाइरहेका छैनन् रिपोर्टमा भनिएको छ । साउदी अरबमा कुनै पनि महिलाले विदेश जान उसको श्रीमान्, बाबु, दाजु, भाइ वा काकाको सहमति चाहिन्छ । धेरै महिलाले यहि कारणले आफूहरु पढ्नका लागि विदेश जान नपाउने गरेको भन्दै विवाह गरेमा केहि सहज हुने बताएका छन् ।

यसरी विवाह गरेर उच्च शिक्षाका लागि विदेश गएका महिलाले शिक्षा मन्त्रालयबाट प्रति महिना सहयोग रकम पाउने गर्दछन् । तर अहिले महिलामा विवाहका लागि देखिएको आतुरी ठिक नभएको कतिपयले टिप्पणी गरेका छन् । उनीहरुले यसले महिलालाई गलत बाटोमा लैजाने समेत तर्क गरे । यसरी विवाह गरेर विदेश जानेहरुले अन्य देशको संस्कृति सिकेर गलत बाटो अपनाउन सक्ने उनीहरुको तर्क छ ।

म्यारिज व्यूरो सञ्चालक उम्म फारिसले भनिन्ः महिलाले अहिले जुन कामका लागि विवाह गरिरहेका छन् त्यो ठिक होइन, यसले उनीहरुलाई गलत ठाउँमा पुर्याउन सक्छ भन्ने उनीहरुले अनुमान गरेका छैनन् ।

उनले आफूहरुले त्यस्ता महिलाका लागि केटा नखोज्ने गरेको बताइन् । उनले भनिन् यो इस्लामिक मान्यता विपरितको काम हो । उनले त्यस्ता महिलासँग विवाह गरेर जानेहरु समेत गलत संस्कारमा पर्ने र आतंकवादीसँग मिल्न सक्ने खतरा रहेको तर्क गरिन् । तर त्यसरी विवाह गर्नेहरुले समेत विवाहमा उत्तिनै दाइजो दिनुपर्ने भएका कारण आर्थिक भार धेरै पर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

हालैका दिनमा केहि महिलाले आफुहरु निक्कै धनी रहेको र विवाहका लागि बरको खोजिमा रहेको भन्दै गरेका विज्ञापनमा सावधान हुन आग्रह गरिएको छ । त्यस्ता धेरैजसो विज्ञापनहरु सामाजिक सञ्जालमा देखिन थालेको भन्दै त्यसमा सचेत रहन आग्रह गरिएको छ । त्यस्ता विज्ञापनलाई सरकारले निगरानी गरिरहेको समेत बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय