दुई नेपाली युवतीको उद्धार

धनगढी– भारत लैजाँदै गरिएका दुई युवतीलाई भारतको बनबासाबाट उद्दार गरिएको छ । भारतीय प्रहरी र भारतीय संस्था रिड्सको सहयोगमा कैलालीको शान्ति पुनःस्थापना गृहले बागलुङकी १८ वर्षीया र कञ्चनपुरकी २३ वर्षीया युवतीलाई सोमबार उद्धार गरेको हो ।

भारतको रामनगर घर भएका ४४ वर्षीय अफिसर अलीले जागिरको प्रलोभन पारी बागलुङकी युवतीलाई भारततिर लैजाँदै गर्दा उद्धार गरिएको गृहका संयोजक वासु भट्टराईले बताए । उनका अनुसार विगत लामो समयदेखि नेपालमा बसेर कुखुराको व्यापार गर्दै आएका अलीले उनलाई भारतमा राम्रो जागिर लगाइदिने प्रलोभनमा लैजाँदै थिए । उनीहरुलाई बेच्न लगिएको अनुमान गरिएको छ ।

महेन्द्रनगरको बाटो हुँदै बनबासा पुग्न लाग्दा भारतीय प्रहरीले सोधपुछ गर्ने क्रममै अली फरार भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भट्टराईले जनाए । ती युवतीका अनुसार उनलाई बागलुङदेखि राम्रो रोजगार दिने बहानामा अलीले भारत लैजान लागेका थिए । उनलाई अलीले २८ पुसमै बागलुङबाट ल्याएका थिए ।

राजधानीबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय