कोरियामा बढ्दैछ बेरोजगारी

सियोल- दक्षिण कोरियाको राजधानी सियोलमा मात्रै १५ देखि २९ बर्ष बीचका १० प्रतिशत युवा बेरोजगार रहेको एक अध्ययनले देखाएको छ । सरकारद्धारा सार्वजनिक तथ्याँक अनुसार १९९० मा भएको वित्तिय संकटपछिको बेरोजगार दर हालसम्मकै उच्च हो । हुण्डाई रिर्सचर इन्स्च्यिुटले गरेको सर्वेक्षण अनुसार ३९ लाख कोरियाली शिक्षित वेरोजगार छन् ।

कोरियामा वर्षेनी वेरोजगारी दर वृद्धि हुदै गएको तथ्याङ्कमा उल्लेख छ । सन् २००० मा १९ लाख बेरोजगार रहेकोमा सन् २००४ मा आइपुग्दा २८ लाख पुगेको थियो । त्यसपछि बेरोजगारी दर क्रमश वृद्धि हुँदै गएको छ । जसमा युवाको संख्या बढि छ ।

सर्वेक्षणको तथ्याङ्क अनुसार ३०–५९ वर्ष उमेर समुहका ८.८ प्रतिशत, ६० वर्षमाथिका २१.४ प्रतिशत, २० वर्ष उमेर समूहका २० प्रतिशत, ६० वर्ष उमेर समूहका १३.५ र ५० वर्ष उमेर समूहका ९.४ प्रतिशत व्यक्ति बेरोजगार छन् ।

विश्वविद्यालयको अध्ययन सिध्याएका ६ लाख २९ हजार (२०.४ प्रतिशत) युवा जनशक्ति बेरोजगार छन् । श्रमबजारमा वर्षेनी हजारौ युवाहरु थपिदै गएको सो तथ्याङ्कले जनाएको छ । पछिल्ला वर्षहरुमा यहाँको शैक्षिक युवा वेरोजगार सरकारी नीति निर्माताहरुको मुख्य चुनौतीका रुपमा रहेको छ ।

रोजगारीमा देखिएको निराशाजनक अवस्थाले कमजोर आर्थिक वृद्धिको संकेत गरेको विश्लेषकहरुको भनाइ छ । उनिहरुले मुलुकको आर्थिक वृद्धिमा सुधार ल्याइ वेरोजगारी दर घटाउन जरुरी रहेको सुझाव दिएका छन् ।

उद्योग, कलकारखाना, बैकिंङ, फाइनान्स, विश्वविद्यालय, आइसिटिलगायतका रोजगारमुलक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सृर्जना गर्न मन्त्रालयले अनुरोध गरेको यहाँका समाचार संस्थाहरुले जनाएका छन् ।

कोरियन युवाहरुले साना, मझौला, तथा घरेलु उद्योग र कृषि, पशुपालन तथा मत्यपालन लगायत निर्माण क्षेत्रमा काम नगरेपछि सरकारले सन् २००४ बाट रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत १५ मुलुकबाट अदक्ष श्रमिक आपुर्ती गर्दै आइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय