विमानस्थलमा डलरको खेल

काठमाडौ- घरेलु कामदारका रुपमा माघ ६ गते संयुक्त अरव इमिरेट्स (युएइ) जान लागेका तीन युवतीहरु अध्यागमन पार परिसकेपछि स्टेलाइजर (अन्तिम प्रतिक्षा कक्) बाट बिमानस्थल प्रहरीको फन्दामा परे । ती युवतीका साथमा त्यही कार्यरत नेपाल प्रहरीका एक हवल्दार पनि पक्राउ परे । उनीहरु पक्राउ पर्नुको प्रमुख कारण बन्यो सेटिङ । विमानस्थलमा कार्यरत प्रहरी हवल्दार यमबहादुर तामाङले पर्यटक भिसामा सारजाह जान लागेका सिन्धुपाल्चोककी सुशिला विशंखे, भोजपुरकी तारा देवी रार्इ र स्याङजाकी अम्बीका खुमालबाट घुस खाएर सेटिङ गरे पछि उनीहरु पक्राउ परेका हुन ।  सरकारले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुले कम्तीमा एक हजार अमेरिकी डलर साथमा लैजानु पर्ने अनिवार्य गरे पछि दलालहरुले बिमानस्थलमा नया सेटिङ अपनाउन थालेका छन । विमानस्थल प्रहरी प्रमुख डिआइजी विजयलाल कायस्थले प्रहरी हवल्दार तामाङ सहित तीनै जना युवतीलार्इ थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका पठाएका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाश अधिकारीले घटनामा संलग्न प्रहरी हवल्दारलार्इ विभागिय कारवाहीका लागि बिमानस्थल प्रहरीलार्इ पत्राचार गरिएको र ती युवतीहरुलाई बोलाएको बेला आउने गरी रिहा गरिएको बताए । उनले भने उनीहरु बारे बॉकी अनुसन्धान भईरहेको छ। पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुलाई सेटिङमा पठाउने म्यानपावर कम्पनी वा दलालले डलर दिने गर्दछन् । अध्यागमन पार गरे पछि म्यानपावर कम्पनीले उक्त डलर फिर्ता गर्न प्रहरीलाई कम्तीमा प्रतिव्यक्ति ५० डलर कमिसन दिने गरेको स्रोतले वताएको छ । बिमानस्थलका केही प्रहरीहरुको धन्दा नै रकम फिर्ता गर्ने रहेको छ । घरेलू कामदारका रुपमा खाडी मुलुक जाने ती युवतीहरुलाई दलालले नै अध्यागमनमा देखाउन उक्त रकम दिएका थिए । अध्यागमन पार गरिसकेपछि विमानस्थल भित्र रहेका प्रहरीको सहयोगमा उक्त रकम दलालले पाउँछन । प्रहरीले रकम फिर्ता गरे बापत प्रति व्यक्ति कम्तीमा ५० डलर कमिसन लिने गरेको स्रोतले वताएको छ । तीन जनाको प्रति व्यक्ति हजार डलर फिर्ता गराउदा ती हवल्दारले १ सय ५० डलर पाउने थिए । ती युवतीहरुलाई पठाउने दलालको सेटिङमा परेर ती हवल्दारले रकम फिर्ता ल्याउने काममा संलग्न भएका हुन । ती युवतीहरुलाई पर्यटक भिसामा सारजाह पठाउने दलालहरुको खोजी भइरहेको प्रहरीले वताएको छ । पर्यटक भिसामा खाडी मुलुक जाने क्रममा अध्यागमन डेस्कमा देखाउनुपर्ने एक हजार अमेरिकी डलर स्टेलाइजरमा रहेका ती युवतीहरुले सम्वन्धीत व्यक्तिलाई फिर्ता गरिदिन भन्दै दिएका थिए । प्रहरीले शंका लागि ती युवतीहरुको खानतलासी गर्दा उनीहरुको साथमा उक्त डलर थिएन । तर अध्यागमन डेस्कमा ती युवतीहरुले प्रतिव्यक्ति हजार अमेरिकी डलर देखाएका थिए । प्रहरीले लगत्तै ती युवतीहरुलाई पक्राउ गरि छानविन शुरु गर्यो । स्टेलाइजरको सीसीक्यामराको फुटेज हेर्दा प्रहरी हवल्दार तामाङले युवतीबाट रकम लिदै गरेको देखिए पछि बिमानस्थल प्रहरीले नियन्त्रणमा लिइ छानविन थाल्यो । टुरिष्ट भिसामा खाडी मुलुक जाने यात्रुले कम्तीमा एक हजार डलर, भिसा, दुइतर्फी हवाइ टिकट र होटल बुकिङ अध्यागमन डेस्कमा देखाउन अनिवार्य छ । आवश्यक कागजपत्र देखाए पनि अध्यागमन वा प्रहरीलाई शंका लाग्यो भने यात्रुहरु फर्कन्छन । अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय