
अबुधावी- ‘साथमा धेरै नगद बोकेर नहिंड्नुहोस्, क्रेडिट कार्ड वा डेविट कार्ड चलाउनुहोस्’ अबुधावी प्रहरीले युएई भ्रमणमा आएका र आउन चाहने पर्यटकका लागि यस्तो आग्रह गरेको छ ।
पर्यटक प्रहरी विभागका प्रमुख लेफ्टीनेन्ट कर्णेल मुजाइद अल ओटिबाले यस्तो आग्रह गरेका हुन् । उनले साथमा धेरै पैसा बोकेर नहिंडेन सचेत समेत बनाए ।
त्यसो गरेका पर्यटकले आफ्नो सुरक्षा गर्न सक्नेछन् उनले भने लुटिनबाट जोगिनका लागि पनि यो जरुरी छ ।
प्रहरी प्रमुखको यो विशेष आग्रहलाई स्थानीय एफ.एम स्टेशनहरुले प्रत्यक्ष प्रशारण समेत गरेका थिए । प्रहरी प्रमुख ओटिबाले युएई भ्रमणका लागि पर्यटकलाई आकर्षित गर्न विभिन्न देशमा प्रचारात्मक काम गर्न जरुरी रहेको भन्दै तर युएईको आफ्नै नियम कानून भएका कारण युएई बसाई अवधिमा गलत व्यवहार नगर्न समेत पर्यटकलाई सचेत बनाए ।