संसारमा केही त्यस्ता देशहरु छन् जहाँ निक्कै अनौठा खालका कानुन बनाइन्छन् र मानिसले त्यस्ता कानुनको पालना समेत गर्नैपर्छ, नगरेमा सजायको भागिदार हुनुपर्छ । यस्तै विचित्र खाले कानुन बनाउने देशमध्येमा संयुक्त अरब इमिरेट्स पनि परेको छ । विभिन्न सात राज्य मिलेर बनेको युएइको एक राज्य दुबर्इ आलिशान महल तथा रमाइलो रात्री जीवनका कारण जति चर्चित छ त्यहाँका केही अनौठो खाले कानुनका विषयमा थाहा पाउने हो भने झनै अनौठो लाग्छ । भारतीय अनलाइन दैनिक भाष्करका दुबइको कानुन व्यवस्था तथा अन्य विषयका केही रोचक तथ्य यस्ता छन् :
विवाह अघि यौन सम्वन्ध वर्जित
दुबइमा बिहेभन्दा पहिले यौन सम्वन्ध राख्नु अवैध हो ।
कसैले बिहेअघि यौन सम्वन्ध राख्न गरेको पाइएमा सरकारले पक्राउ गर्छ ।
यदि त्यस्तो अपराध गर्ने विदेशी भएमा उसलाई देश निकाला समेत गरिन्छ ।
बन्द कोठाभित्र कसले के गर्यो ? त्यसमा त्यति चासो नहुने भएपनि अविवाहित युवायुवतीहरुले खुलेआम एकअर्कामा आलिंगन, चुम्बन तथा यौनक्रिडा गरेको पाइएमा त्यस्तालाई जेल हाल्ने लगायतका कारवाही गरिन्छ ।
अपराध दर शुन्य प्रतिशत यो सुन्दैमा आश्चर्य लाग्न सक्छ की दुबइमा अपराधको दर शुन्य प्रतिशत छ अर्थात् दुबइमा कुनै अपराध नै हुँदैन । सरकारी तथ्यांकले त्यसो भन्छ । अपराध नियन्त्रणका लागि दुबइको पुलिस प्रशासन निकै चुस्त दुरुस्त राखिएको छ । अपराध हुनुभन्दा अघि नै सावधानी तथा रोकथामको लागि पर्याप्त उपाय अपनाइन्छ ।
दुनियाको सबैभन्दा तिब्र गतिमा बढेको सहर विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा भएको दुबइ सहर पृथ्वीको सबैभन्दा तिब्र गतिमा बढिरहेको सहर हो । विश्वमा भएका क्रेनमध्ये २० प्रतिशत क्रेन दुबइमै छन् । निर्माणकार्य लगातार चलिरहेको छ । दुबइमा कैयन् मानव निर्मित टापु समेत छन् ।
दुबइमा पाइँदैन ऋण
दुबइमा ऋण पाइँदैन, भलै उधारोमा दिने व्यक्ति निकै राम्ररी चिनेजानेको किन नहोस् । स्थानीय मानिसहरुलाई समेत ऋण नदिइने सरकारी प्रावधान छ । चेक बाउन्सको त कुरै छाडौँ क्रेडिट कार्डबाट भुक्तानी गर्दा समेत कुनै समस्या आयो भने पनि क्रेडिटकार्ड धारीलाई कारवाही हुने सम्भावना हुन्छ ।
८३ प्रतिशत आप्रवासी
दुबइमा बस्ने हरेक १ सय जनामा ८३ जना अप्रवासी हुन् । दुबइमा बनिरहेका धेरै भवनको निर्माण कार्यमा लागिरहेका मजदुरमध्ये अधिकांस भारत, पाकिस्तान, बंगलादेश तथा नेपाल लगायतका देशबाट मजदुरीका लागि त्यहाँ पुगेका हुन् । दुबइको जनसंख्याको ५० प्रतिशत जनसंख्या यस्तै कामदारको रहेको छ । १७ प्रतिशत विदेशी धनाढ्यहरु दुबइमा बसोबास गर्छन् । केवल १७ प्रतिशत मानिसमात्र युएइका नागरिक हुन् ।