एनआरएनले बैदेशिक रोजगार सूचना केन्द्र स्थापना गर्ने

काठमाडौं – गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई गन्तब्य मुलुकबारे सही सूचना उपलब्ध गराउन बैदेशिक रोजगार सूचना केन्द्रु स्थापना गर्ने भएको छ । बैदेशिक रोजगार प्रर्बद्धन बोर्ड र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा काठमाडौंको श्रमग्राममा गैरआवासीय नेपाली संघले अत्याधुनिक सूचना केन्द्र स्थापना गर्न लागेको हो ।

सूचना केन्द्र संचालन गर्ने सम्बन्धमा शुक्रबार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेवीच समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीअनुसार काठमाडौंको ताहाचलस्थित श्रमग्राममा एनआरएनले एक सूचना केन्द्र स्थापना गर्ने छ जहाँ मलेसिया, खाडीमुलुक लगायतका श्रम गन्तब्यसम्बन्धी श्रब्यदृष्यसहितका सूचना उपलब्ध हुनेछन् ।

सूचना केन्द्रमै गैरआवासीय नेपाली संघले कानुनी परामर्शको ब्यवस्था समेत गर्ने छ एनआरएन अध्यक्ष घलेले भने केन्द्र संचालनका लागि कर्मचारी र परामर्शदाताको ब्यवस्था हामीले गर्नेछौं । सूचना केन्द्र स्थापना गर्ने एनआरएनको लामो समयदेखिको योजना पुरा भएको भन्दै उनले यसले नेपाली कामदार ठगिनबाट जोगाउन ठूलो सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले भने एनआरएनसँगको यो सहकार्य सुरुवात मात्रै हो, एनआरएनजस्तो ठूलो नेटवर्क भएको संस्थासँग मिलेर धेरै काम गर्न सकिन्छ ।

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले एनआरएनजस्तो सशक्त साझेदार पाउँदा बैदेशिक रोजगारीमा हुने समस्या समाधानका लागि सहयोग पुग्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: