कोरियामा निर्माण मजदुर पठाउन लविङ्ग

काठमाडौं, २५ पुष– नेपाल सरकारले दक्षिण कोरियामा निर्माण क्षेत्रमा कामदार पठाउन लविङ्ग सुरु गरेको छ । नेपालबाट निर्माण मजदुर पठाउने बिषयमा दुई देशबिच अनौपचारिक छलफल भईरहेको ईपीएस कोरिया शाखाका निर्देशक डिल्लिराम बास्तोलाले बताए । अब छिट्टै औपचारिक छलफल तय हुने उनले जानकारी दिए । नेपालीहरुको आकर्षण बढ्दै गएअनुसार संख्या कम भएकाले नयाँ क्षेत्रको खोजी थालिएको उनले बताए । ‘कामको नयाँ क्षेत्र बढेसँगै संख्या पनि बढ्छ भन्ने हाम्रो अनुमान हो ।’ उनले भने–‘बर्षमा एक हजारदेखि पन्ध्रसय सम्म मात्र बढाउन सकियो भनेपनि रोजगारिको लागि कोरिया जाने सपना बोकेका युवालाई सहज हुनेथियो ।’ नेपालले कुराकानीका क्रममा कोरिया जान चाहनेको संख्या अत्याधिक भएको तर कोटा थोरै भएको कुरालाई प्राथमिकताका साथ उठाएको निर्देशक बास्तोलाले बताए । नेपालबाट खाडी मुलुकमा ठुलो संख्यामा निर्माण मजदुर गैरहेकाले कोरियामा पनि पठाउन सम्भव भएको उनको भनाई छ । कोरियाले नेपालबाट उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लान थालेको छ । अहिलेसम्म २६ हजार युवाले कोरियाको रोजगारीको अवसर पाईसकेका छन् भने सन् २०१३ को २ हजार ७ सय र यो बर्षको ३ हजार ६ सय युवाको नाम रोष्टरमा छ । यसैबिच सन् २०१३ मा रोष्टरमा नाम भई कोरिया जान नपाएका युवाका लागि ईपीएस शाखाले पुनः रोजगार आवेदन फाराम भर्न सुचना जारि गरेको छ । शाखाका अनुसार माघ ४ देखि ६ गतेसम्म स्वास्थ्य परिक्षण र ७ गतेदेखि १० गतेसम्म रोजगार आवेदन फाराम भर्ने मिति तोकिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय