रियाद, साउदी अरवको एक अदालतले आफ्नो रोजगारदातालाई बञ्चरोले हानेर मारेको अभियोगमा एक घरेलु कामदार महिलालाई मृत्युदण्डको फैसला गरेको छ ।
अरब न्यूजका अनुसार ति घरेलु कामदार महिला इथियोपियाकी नागरिक भएको बताइएको छ । ति महिलाले अदालतको निर्णय विरुद्ध पुनरावेदन गरेकी छन् । अभियाग लगाइए अनुसार ति महिलाले आफ्नी रोजगारदाता महिलालाई प्रार्थना गरिरहेको समयमा ८ पटक टाउकोमा बञ्चरोले हानेर हत्या गरेकी थिइन् ।
मक्काका प्रहरी प्रवक्ता अति बिन अतियात अल कुरैसीले ति घरेलुु कामदार महिलाले चोरी गर्ने उद्धेश्यले आफुले ति महिलाको हत्या गरेको स्वीकारेको दावी गरेका छन् । उनी पक्राउ परेको समयमा उनको साथबाट ७ हजार रियाल फेला परेको प्रहरीको भनाई छ ।
हत्या गरिएकी व्यक्तिका पतिले अदालतको निर्णयको स्वागत गर्दै फैसला कार्यान्वयन छिट्टै हुनेमा आशा व्यक्त गरेका छन् ।