हजुर मलाई माया गर्नुहुन्न भन्दै …..

टन्न धन सम्पति पैसा नहुनाले टाढिए आफ्ना जति पैसा नहुनाले

सपना मात्र देखेर के गर्नु साथी , छैन केही प्रगति पैसा नहुनाले

जन्म दिएर मात्र कहाँ हुन्छ भन्छन , आँखा तर्छन सन्तति पैसा नहुनाले

बिरामी भइ लम्पसार ओछ्यानमा लड्दा पनि , देख्न पाइन्न ओखती पैसा नहुनाले

हजुर मलाई माया गर्नुहुन्न भन्दै , रिसाइहाल्छे श्रीमती पैसा नहुनाले

सम्झना रेग्मीसानुस्याङ्ग्जा , हाल पोखरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय