
मेघराज सापकोटा, दुबर्इ– ताप्लेजुङ हाङ्देवाका गंगा शेर्पाको आइतवार बेलुकी ५ः३० बजे युएईको रस अल खेइमहमा दुर्घट्नामा परेर मृत्यु भएको छ । रस अल खेइमह स्थित अनाबेल करमेल कम्पनीमा कार्यरत उनी ३२ बर्षका थिए । कम्पनीमै काम गर्द गर्दै झन्डै २५ मीटर माथिबाट खसेका उनी ढुङ्गामा बजारिएर सख्त घाइते भएका थिए । अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको रस अल खेइमहमै कार्यरत प्रकाश सुबेदीले जानकारी दिएका छन् । उनी बिगत ८ बर्ष देखि सो कम्पनीमा कार्यरत थिए । हाल उनको शव स्थानिय अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । उनका श्रीमती तथा ३ र १ बर्षका दुई छोरा छन् ।