सरोज श्रेष्ठको गीतले जित्यो पुरस्कार

घनश्याम पराजुली (कृष्ण), दोहा । अन्तराष्ट्रिय कलाकार मञ्च कतारले आयोजना गरेको विश्व व्यापी गीत लेखन प्रतियोगितामा विभिन्न देशहरुबाट सहभागी भएका १ सय जनालाई उछिन्दै आरम्भ नाट्य डबली कतारका महासचिव सरोज श्रेष्ठले जितेका छन् ।

उनले बरदान पाए देवसँग एउटै वर माग्छु बोलको गीत लेखेका थिए । गीतमा ‘स्वर्ग मलाई चाहिँदैन स्वदेश नै माग्छु । जहाँ भएपनि नेपाली हुँ , नेपाल कै गीत गाउन पाउँ । मर्ने बेला अन्तिम सास नेपालमै भेर्न पाउँ’ जस्ता शब्दहरु रहेका छन ।

त्रिवेणी ७ उदयपुरका श्रेष्ठ हाल कतारमा कार्यरत छन । उनले रचना गरेको यस गीतलाई नेपालमा रेकर्ड गरिनेछ । सो गीत कतारमा कार्यरत कलाकारले नै गाउने छन् । यसैगरी कतारमा नै यस गीतको भिडियो छायाङ्कन गरिने भएको छ । त्यसका लागि सम्पूर्ण काम अन्तराष्ट्रिय कलाकार मञ्च कतारले गर्ने छ ।

प्रथम भएको गीतलाई सम्मान स्वरुप कतारी रियाल १ हजार ५ सय पुरस्कार समेत दिने बताईएको छ । विश्व व्यापी खुल्ला गीत लेखन प्रतियोगितामा कतार, साउदी अरव, ईजराईल, युएई, अष्टेलिया, नेपाल लगायत विभिन्न देशबाट १ सय भन्दा बढीको सहभागीता रहेको आईएएफका सचिव ईमानजंग बानियाले बताए ।

खुल्ला गीत लेखन प्रतियोगितामा निर्मल पोखरी ९ कास्कीका हरी बिनोद अधिकारीको कस्तो हुन्थ्यो होला मेरो देश बोलको गीत दोश्रो भएको छ । हाल कतारमा नै कार्यरत उनले लेखेको गीतमा ‘उत्तरको चोखो मुस्कान तराईमा पार्न पाए, तराईको अन्न भण्डार पहाडमा सार्न पाए ,कस्तो होला मेरो देश । कस्तो हुन्थ्यो होला मेरो देश ’ जस्ता शब्दहरु रहेका छन ।

त्यस्तै जिरी दोलखाकी सुशीला खड्का ‘हसिँना’ ले लेखेको ‘आखाँभरी प्यारो गाउँ सजाएर बाचेको छु’ बोलको गीत तेश्रो भएको छ । हाल काठमाडौमा बस्दै आएकी उनको गीतमा ‘धेरै टाढा भए पनि कहाँ भुल्छु आमा मानो, हरपल सम्झेको छु चुहिएको पाली छानो, लुकाएर आफ्नो ठाउ मन भित्र राखेको छु, आखाँभरी प्यारो गाउँ सजाएर बाचेको छु ’ जस्ता शब्दहरु रहेका छन । दोश्रो र तेश्रो विजेताहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गर्ने बताईएको छ ।

अन्तराष्ट्रिय कलाकार मञ्च कतारले प्रवासमा लुकेर रहेका प्रतिभाको खोजीका लागि विगत लामो समय देखि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ । मञ्चले कलाकारहरुका हक हित र अधिकारका लागि आवाज उठाईरहेको छ । प्रवासमा कलाकारहरु व्यवसायिक बनाउन मञ्चले भुमिका खेलिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: