मलेसियामा दीप दर्शनको एकल गजल वाचन

मलेसिया, मलेसियामा सक्रिय साहित्यकार दीप दर्शनको एकल गजल वाचन कार्यक्रम आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ । मलेसियामा सक्रिय साहित्य सस्था अनामण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाको आयोजनामा भएको सो एकल गजल वाचन कार्र्यक्रममा दीप दर्शनले २ दर्जन भन्दा धेरै गजल वाचन गरका थिए ।

विभिन्न वक्ताहरुले दीप दर्शनको साहित्ययात्रा वारे चर्चा समेत गरेका थिए । साहित्यकारहरु जीवन देवान गाउँले, राज अविरल, सोम सुवेदी, थलिन्द्र भुजेल, पत्रकारहरु भुमीराज पराजुली, अर्जुन काफ्ले, सुमन वैरागी, नेत्र विमली, सुन्दर आले, गायक मानदेव ताजपुरीया लगायतले दीप दर्शनको साहित्ययात्राको शुभकामना दिएका थिए । सोहि अवसरमा आयोजक मण्डली र महासंघले उनलाई सम्मान समेत गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय