संखुवासवाका मृगौला पिडितलाई कतारबाट सहयोग

दोहा । संखुवासवा जिल्लाको धुपूका २५ बर्षिय उमेश श्रेष्ठको मृगौलाले काम गर्न छोडेपछी उपचारमा आर्थिक अभावका कारण अस्पतालको श्यायबाट सहयोगको अपिल भन्ने शिर्षकमा समाचार आएपछी कतारबाट उनको उपचारका लागि रु १६ हजार १ सय पचास सहयोग पठाईएको छ ।

कतारबाट पठाएको रकम पत्रकार योगेन्द्र योगीले उनका बुबा लिला बहादुर श्रेष्ठलाई हस्तान्तरण गरे । उनी चिकित्सकहरुको सल्लाह अनुरुप डायलाइसिस गरेर जीवन धान्दै छन् । युवा अवस्थामा नै रोगले ग्रसित बनेका श्रेष्ठलाई कतारबाट घनश्याम पराजुलीको पहलमा सहयोग जुटाएर पठाईएको हो ।

पाल्पाका युवा समाजसेवी ईश्वर काफ्ले, तनहुँका सुर्य लम्साल, श्याम हमाल र दिल रानाभाट, चितवनका सुरेश ढकाल साथै पराजुलीले पिडितलाई आर्थीक सहयोग गरेका हुन ।

आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न समस्या भएकाले देश तथा विदेशमा बस्ने नेपालीहरुबाट सहयोगको अपेक्षा गरेको खबर पाएपछी कतारबाट थोरै भएपनी सहयोग संकलन गरि पठाईएको पराजुलीले जानकारी दिएका छन् । श्रेष्ठले हाल हप्तामा दुईपटक डायलसिस गराइरहेका छन ।

डायलसिस लगायत आवश्यक परेमा रगत लगायतका खर्च लाग्ने हुदा धान्न धौधौ परेको साथै पारिवारिक अवस्था समेत नाजुक रहेको संचारकर्मी योगी योगेन्द्रले जानकारी दिएका थिए । उनले श्रेष्ठका लागि कतारबाट धेरै थोरै भएपनी सहयोग जुटाईदिन समेत आग्रह गरेका थिए ।

उनलाई सहयोग गर्न चाहने सहयोगीहरुले एसिई डेभलपमेन्ट बैकमा रहेको उनको खाता नम्बर ०११०००००००१५०१० मा रकम जम्मा गरिदिन सक्ने बताईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय