जो एकसय डलरको नक्कली नोटको फन्दामा परे युएईमा

दुवई, ट्रान्जिट भिसामा ३ दिनका लागि दुबई आएका एक व्यक्तिले झन्डै ३ महिना देखि यहाँको कानुनी चक्कर काटिरहेका छन् । परिवार सहित दुबई घुम्न आइपुगेका उनी आफुसंग भएको एक नक्कली नोटका कारण कानुनी फन्दामा परेका हुन् । यहि चक्करमा परेर उनले ७५ दिन युएईमै वितिसकेको छ ।

गल्फ न्यूजका अनुसार ३६ बर्षिय पाकिस्तानी नागरिक मोहम्मद ओमार शेख आफ्नी पत्नी र चार वर्षीया छोराका साथमा गत सेप्टेम्बरमा दुबई हुँदै मदागास्करबाट पाकिस्तानका लागि उडेका थिए । ट्रान्जिट भिसामा यूएई आइपुगेका उनी परिवारसहित घुमघाम गर्दै अजमानमा पुगेका बेला एक मनी एक्सचेन्जमा ५ सय डलर साट्न पसे । उनले दिएका १ सय दरका ५ वटा अमेरिकी डलरका नोट साट्दा एउटा नोट नक्कली भेटिएको थियो । उनी त्यसैको फन्दामा परे ।

एक्सचेन्जका कर्मचारीले नोट नक्कली भएको शंका गरि प्रहरी बोलायो । प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्यो । जसको चक्कर अझै सकिएको छैन र उनी अहिले पनि यूएईमै फन्दामा परेका छन् । उनी आफ्ना बाबुको शल्यक्रियाका लागि पाकिस्तान जाँदै गरेको बताएका छन् ।

अजमानको एक अदालतमा पेश गरिएको सो मुद्धा अव आबुधाबी सेक्युरिटी कोर्टमा पठाइने बताइएको छ । अजमान प्रहरीका एक वरिष्ठ प्रहरी अधिकारीलाई उधृत गर्दै गल्फ न्यूज लेख्छः अल नुइमिया प्रहरी स्टेसनमा दर्ता भएको सो मुद्धा थप छानविनका लागि अघि बढाइनेछ ।

उनले ति नोट आफूले तलव वापत मदागास्करको एक बैंकबाट लिएको बताएका छन् । उनका अनुसार सो नोट उनले मदागास्करको एन्टसिराबेको शहरमा रहेको अफ्रिकन नेशनल बैंकबाट लिएका थिए । पीडितले आफू दैनिक डलरको कारोवार गर्ने व्यक्ति नभएको र फरेन्सीक विशेषज्ञ पनि नभएका कारण यसको दोष आफूलाई दिन नमिल्ने बताएका छन् । आफ्नो विगत हेरेर पनि व्यवहार गर्न उनले आग्रह गरेका छन् ।

आफुसंग खानको लागि र पाकिस्तान जाने प्लेन भाडा समेत नरहेको उनको गुनासो छ । हरेक दिन आफुले नास्ता र बिहान बेलुकीको खानाको रुपमा चिया र रोटि मात्रै खाएर बाँच्नु परेको उनी बताउछन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय