
दुवई, नेपालबाट युएईको दुवईमा रोजगारीका लागि हिंडेकी एक महिला सम्पर्क विहिन भएकी छिन् । दुवईमा क्यारिफोरमा रोजगारी दिलाउने भन्दै नेपालकै एक दलालले काठमाडौं विमानस्थलसम्म पुर्याएकी गुल्मी अर्खलेकी ३१ बर्षकी गीता खनाल सम्पर्क विहिन भएकी हुन् ।
गत कात्तिक ६ गते उनलाई दलालले काठमाडौंको त्रिभुवन अन्तराष्टिय विमानस्थलसम्म पुर्याएको जानकारी गीताका आफन्तहरुले पाएका छन् । युएईको दुवईमा कार्यरत गीताकी दिदि तुलसा पन्तका अनुसार गीतालाई दुवईको क्यारिफोरमा काम लगाइदिने आश्वासन दलालले दिएका थिए ।
यसअघि पनि दुवईमा दुई बर्ष काम गरिसकेकी गीता त्यसपछि कुनै सम्पर्कमा नभएको भन्दै उनको खोपज गरिदिन तुलसाले युएईमा क्रियाशिल सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई आग्रह गरेकी छिन् ।
युएईमै कार्यरत गोपाल कँडेलका अनुसार गीताका श्रीमान् वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका छन् ।
प्रवासी अनलाइनबाट