के यसले खाडीका देशमा कामदार माथि भइरहेको अन्याय रोक्ला ?

रियाद, साउदी अरबको श्रम मन्त्रालयले कामदारलाई बिनाकारण जथाभावि सारिरहन बन्देज लगाएको छ । मन्त्रालयले हालै श्रम कानूनमा गरिएको फेरवदलले रोजगारदाता र कामदार दुवैको सुरक्षा गर्ने भन्दै यसले काम गर्ने वातावरण राम्रो बनाउने र सम्झौता पत्र अनुरुप काम गर्ने अवस्था सिर्जना हुने दावी गरेको छ ।

मन्त्रालयका अनुसार अव रोजगारदाताले कामदारलाई तलव दिने दिन आफूखुसी फेर्न पाउने छैनन् । मासिक रुपमा तलव दिइरहेको अवस्थामा कामदारको लिखित सहमति विपरित त्यसलाई साप्ताही, दैनिक ज्यालादारी वा काम गरेको घण्टाको आधारमा तलव दिन पाइने छैन ।

यसैगरी कामदारको तलव रोक्का गर्न र सम्झौता पत्रमा उल्लेख भए विपरितको काम गर्र्न बाध्य बनाउन पनि पाउने छैनन् । कामदारको लिखित सहमतिमा बर्र्षमा एक महिनासम्म त्यसरी अन्य काममा लगाउन पाउने छुट नयाँ श्रम कानूनमा दिइएको छ ।

नयाँ व्यवस्था अनुसार सम्झौता अवधि सकिएपछि कामदारलाई रोजगारदाताले प्रमाणपत्र दिनुपर्नेछ । सो प्रमाणपत्रमा कामदारले काम सकेर स्वदेश फर्किने समयमा उसले गरेको काम, उसको पद, जिम्मेवारी र तलवका बारमो प्रष्ट उल्लेख गरिएको हुनुपर्नेछ ।

यसैगरी विरामी भएको अवस्थामा तथा इदका अवशरमा सार्वजनिक विदा दिनु पर्ने व्यवस्था गर्दै त्यसो नगरिएमा सम्झौता भंग गर्ने अधिकार समेत दिइएको छ । यसैगरी कामदारले आफ्नो दायित्व पूर्ण रुपमा पालना गर्नुपर्ने तथा आफ्नो जिम्मेवारीमा रहेका सामान रोजगारदातालाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । यसैगरी काममा लगाउनु पूर्व नै रोजगारदाताले कामदारको सम्पूर्ण स्वास्थ्य परिक्षण गराउनु पर्नेछ ।

रोजगारदातालाई कामदारले गलत व्यवहार गरेमा दण्ड दिने अधिकार भनें श्रम कानूनले दिएको छ । कानून अनुसार महिनामा बढीमा ५ दिनको तलव कट्टी गर्न सक्ने वा ५ दिन निलम्वन गर्न सक्ने अधिकार दिइएको छ ।

के यसले खाडीका देशमा कामदार माथि भइरहेको अन्याय रोक्ला ?  तपाईको बिचार लेख्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय