कतारमा नेपालका विभिन्न आञ्चलिक सांस्कृतिक प्रस्तुती रहने

रवि रोषी, दोहा यहि आउँदो डिसेम्बर १८ का दिन कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायको तर्फबाट पनि विभिन्न सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिने भएको छ । कतारको अलखोर स्टेडियममा मनाउन लागिएको सो राष्ट्रिय दिवसको अवसर पारेर भारत तथा नेपालका समुदायलाई कतारको आन्तरिक मामिला मन्त्रालय तथा जन सम्पर्क विभाग कतारबाट सो अवसर प्रदान गरिएको हो ।

कतारको आन्तरिक मामिला मन्त्रालय तथा जन सम्पर्क विभागको आयोजनामा हुन गइरहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समन्वय गर्ने भएको हो ।

कतारको आन्तरिक मामिला मन्त्रालयले सो कार्यक्रममा भारत तथा नेपालका सम्पुर्ण समुदायहरुलाई विहान ८ बजे अलखोरको रंगशालामा उपस्थित हुन आग्रह गरेको एनआरएन कतारका अध्यक्ष मक्सुद आलमले बताउनुभयो । खाना नास्ता, जुस लगायतका खानेकुराहरु आयोजकको तर्फबाट निःशुल्क वितरण गरिने पनि अध्यक्ष आलमले बताउनुभयो ।

कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाल तथा भारत बीच फुटबल खेलको पनि आयोजना गरिने र विजेता तथा उपविजेता समूहलाई ५ हजार तथा ३ हजार कतारी रियालको दरले नगद पुरस्कार प्रदान गरिने बताइएको छ । यसैगरी सोही अवसरमा २ देशका समुदायबीच डोरी तान्ने मनोरञ्जनात्मक रोमाञ्चक खेल पनि आयोजना गरिने र सो प्रतियोगिताका विजेता उपविजेताहरुलाई ३ हजार र १५ सय कतारी रियाल नगद पुरस्कार प्रदान गरिने पनि जानकारी गराइएको छ ।

गैर आवासीय नेपाली संघको समन्वयमा हुन लागिरहेको सांस्कृतिक कार्यक्रममा किरात राई यायोख्खाका तर्फबाट साकेला सिली नाच, तमु समाज कतारबाट कौडा नृत्य, तामाङ समाज कतारबाट तामाङ सेलो, मगर संघ कतारबाट हुर्रा र सालैजो नृत्य प्रस्तुत गरिने भएको छ ।

यसैगरी किराँत याक्थुङ चुम्लुङको तर्फबाट च्याब्रुङ नाच, थारु कल्याणकारी सभाको तर्फबाट किसान नाच, सुनुवार सेवा समाजको स्यादर चण्डी नाच, नेवाः पुचको धिमे नाच लगायत नेपाली कलाकेन्द्रको तर्फबाट पनि विभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरिने एनआरएन कतारका द्धितिय उपाध्यक्ष तथा सांस्कृतिक विभाग संयोजक महेन्द्र थापामगरले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय