कतारमा नेपालीको मनोरञ्जनको माध्यम

घनश्याम पराजुली (कृष्ण)

“मायाको भुल भुलैया रच्यौ तिमीले कस्तो, हराउदा पनि लाग्छ हराई रहुँ जस्तो ।”

कतार यतिबेला संगितमय भएको छ । लाग्छ नेपालीहरु संगितमा धेरै हराउँदै छन र हराईरहन चाहन्छन । यहाँ नेपालीहरुको हुल देख्नसाथ आज सांगितिक कार्यक्रम हुँदै छ भन्दा कुनै फरक पर्दैन होला । फरक फरक प्रकृतिकका मानिसलाई फरक फरक किसिमका संगित मन पर्छ । प्रवासमा हप्ते थकान मेट्ने राम्रो माध्यम बनेका छन सांगीतिक कार्यक्रमहरु । हुन त संगितले प्रतिभाशाली बनाउँछ भनिन्छ । आनन्द र स्फुर्ती संगितबाट मिल्छ भन्ने पनि गरिन्छ । तर सैद्धान्तिक रुपमा संगितबाट प्राप्त ध्वनीको प्रभाव एकाग्रता, निन्द्रा , मानसिक विकास तथा भाषिक क्षमता विकास गराउनेमा हुन्छ ।

नेपालमा संगितको विकाससँगै प्रवासिएका नेपालीहरुले पनि नेपाली कला, सँस्कृतिको जगेर्ना गर्न थालेका छन । विभिन्न समुदायले आ–आफ्ना चाडपर्वहरु मनाउदै आईरहेका छन । कतारमा भने यतिबेला संगितको माहोल चलिरहेको छ । बल्ल बल्ल छुट्टि मिल्ने शुक्रबार कतारका सांगितिक कार्यक्रमहरुमा धेरै नेपालीहरु व्यस्त देखिन थालेका छन । कतारमा नेपालीहरुलाई संगितको नशा चढेको छ । रोजगारीका लागि कतार आएका नेपालीहरुको कतारका विभिन्न रमणिय स्थानहरुमा विभिन्न संस्थाहरुका निःशुल्क तथा सःशुल्क आयोजित कार्यक्रममा भिड लाग्न थालेको छ । कतारमा नेपालबाट कलाकार आउने क्रम पनि तिव्र रुपमा चलेको छ । यहाँ पनि त्यस्तै प्रतिभावान कलाकारहरु देख्ने गरिन्छ । दोहाको सल्वा रोड स्थित सफारी हाईफर मार्केटमा आजभोली नेपाली गित संगित गुन्जित थालेको छ । गुल्मी सेवा समाजले तिजको अवसरमा सांगितिक कार्यक्रम गरेपछी नेपालीहरुका लागि सो ठाउँ सहज बन्न थाल्यो । कतारमा धेरै रमणिय पार्कहरु पनि छन । तर दुर्भाग्य केही पार्कमा नेपालीहरुका नराम्रा क्रियाकलापले प्रवेश समेत बन्द भए । केही बर्ष पहिला नेपालीहरुको जमघट हुने ठाउँ भनेर तरवार गेटलाई लिईन्थ्यो । त्यो ठाउँलाई नेपाली पार्क नै भन्ने गरिन्थ्यो तर आजकल त्यहाँ त्यती धेरै नेपालीहरु भेटिदैनन । कतारको रमणिय स्थल राजधानीबाट लगभग ६० कि.मी टाढा रहेको समुन्द्री किनार जसलाई होमसाईड सिलाईन बीच भनिन्छ । त्यहाँ विहिवार राती अवेरसम्म पनि उध्रेको चोली सुन्न सकिन्छ । कुखुराका साप्रा पोलेर उध्रेको चोलीमा अवेर सम्म नाच्ने दृश्यले प्रवासमा नेपालीको विकाससँगै संगित झल्केको पाईन्छ ।

त्यस्तै कतारको अर्को रमणिय स्थान अल समाल पब्लिक पार्क जो कतारको राजधानी दोहाबाट १ सय १६ कि.मी. टाढा पर्दछ त्यहाँ पनि नेपाली रमाउने गर्छन । त्यहीँ पार्क नजिकै रहेको जुवेराको मजरामा हप्ताका बिहिवार र शुक्रबार नेपाली सांगितिक कार्यक्रम लगायत संघ संस्थाका विभिन्न कार्यक्रम हुने गर्थे । तर अहिले प्रवेश निषेध नै गरिएको छ । त्यहीँ मजरामा कार्यरत सिराहाका राम दियाल भन्छन हामीले नेपाली दाजुभाई आउनुभयो भनेर उहाँहरुको आदेश बमोजिम नै खुल्ला गरिदियौ तर अहिले केही अमान्य गतिविधिले गर्दा प्रवेशमा नै रोक लगाईएको छ । हामीले चाहेर पनि यहाँ सबै जनालाई आउनुस् भन्न सक्दैनौ । हामीले खुसीलाई पनि अली नै बढी मनाईदिन्छौ जो कतारको आफ्नै कानुन छ त्यो चटक्क भुल्दा समस्या आई पर्ने गर्छन । यतिबेला दोहाबाट लगभग ६० कि.मी. यात्रा गरेपछी पुगिने दोसरी गार्डेन नेपाली कार्यक्रमका लागि खुल्ला क्षेत्र बन्न पुगेको छ । चिडिया घर समेत रहेको अत्यन्तै रमणिय स्थलमा नेपाली संगित प्रसस्तै सुन्न थालिएको छ । हप्तामा नै कार्यक्रम जुध्न थालेका छन । युवा युवतीहरुलाई मज्जाले एकान्तमा गफ गर्न सक्ने ठाउँ समेत बनेको छ । सोही स्थानमा गत हप्ता किरात समुदायको पर्वहरु साकेला, उद्यौली, रापेवा, साँदर चासोक तङनाम साथै बनभोज कार्यक्रम अनी पर्वत युवा सेवा समाज कतारको साधारण सभा र बनभोज कार्यक्रममा उपस्थित दर्शकहरुले संगितलाई के कति माया गर्छन भन्ने कुरा छर्लङ्ग भयो । कतारमा भाषण सुन्न छाडिसके भन्दा पनी केही फरक नपर्ला । ति कार्यक्रमहरुमा जता संगितको धुन सुनिन्छ उपस्थित सहभागिहरु दौड धुप गर्थै । कहिले किरात समुदायको कार्यक्रम त कहिले पर्वतेको । त्यसैले आजकाल हरेक कार्यक्रममा पन्चेबाजा होस वा कतारका स्थानिय कलाकारहरुलाई बोलाउन थालिएको छ ।

कलाकारहरुले आवाज उठाउन थाली सकेका छन । कतारमा संघ संस्थाहरुले कलाकारहरुलाई प्रयोग गरेर आफ्नो काम भएपछी भुल्ने गर्दछन् । हो प्रवासमा पनि संगितकर्मीहरु व्यवसायीक बन्नु पर्छ त्यो हामीले पनी स्विकार्न जरुरी छ । कसैले काम छोडेर, कोही टाढाबाट आफ्नै खल्तीबाट पैसा खर्च गरेर कार्यक्रममा आउने गर्छन । तर उपलब्धि खासै नभएको गुनासाहरु छन । कतारमा स्थानिय दुई दर्जन भन्दा बढी कलाकारहरु छन । मोडल बिक्रम बुढाथोकी भन्छन ‘कतारमा नेपालबाट ल्याईने कलाकार भन्दा उत्कृष्ट पनि छन । तर यहाँ आयोजित कार्यक्रमहरुमा बराबर मान्यता पाउन सकिन्न ।’ लोकदोहोरी क्षेत्रका गायक धुर्व बि.सी भन्छन ‘यहाँ सांगितीक माहोल अत्यन्तै छ स्थानिय कलाकारहरुले कार्यक्रमलाई तताउने गर्छन । तर कार्यक्रममा बोलाई सकेपछी सबै कलाकारलाई बराबर सम्मान दिनुपर्छ । हुन त नेपालबाट जस्तो कलाकार आएपछि राम्रै रकम खर्चिन्छ यहाँ हामी आजसम्म निःशुल्क गाईरहेका छौ । त्यसैले हामीलाई आयोजकले हेर्ने दृष्टिकोण फरक भएको होला अव परिवर्तन हुनेछ ।’ त्यस्तै सन्देश शर्मा भन्छन ‘ अत्याधिक नेपाली कामदार भएको देश कतारमा स्थानिय कलाकारको योगदानले नै संगितमयय हुन सकेको छ । सबैले मनोरन्जन लिई नै रहेको पाईन्छ ।’ अर्घखाँची सेवा समाजले नज्मा स्थित सालिमार प्यालेसमा आयोजना गरेको बिबिध कार्यक्रमा कार्यक्रम स्थलमा छमछमी नाचेको देखेर सोध्ने क्रममा मोडल सुप्रिया शर्माले भनिन कतारमा हप्ता दिनमा मिल्ने एक दिनको छुट्टीको राम्रै सदुपयोग भएको छ । संगितले जीवन जिउने कला सिकाउ, केही पल भएपनी रमाउन सिकाउछ । गायक अमृत लिम्बुको पनी संगित कतारको सारथी हो । लोकदोहोरी गायिका ईन्दिरा शाहले खुलेरै भनिन कतारमा कलासँगै कलाकारको बराबर सम्मान हुन पर्छ । सबैले कलाकारलाई निःस्वार्थ रुपमा हेर्नुपर्छ । कलाकारहरु कसैको खेलौना नबनुन । संगित श्रीखण्ड हो भनेर नबुझ्नेहरुलाई कतारमा खुर्पाको विड भएको छ । केही कलाकारहरुको गल्ति कमजोरीले गर्दा सबैलाई त्यही दृष्टिकोणले हेर्ने चलनको अन्त्य हुनुपर्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय