काठमाडौँ — जापान पठाइदिने नाममा २ सयभन्दा बढी व्यक्ति ठगेको अभियोगमा दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का हुन् । उनीहरुलाई विहिवार काठमाडौैका दुई ठाउँबाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरुले अरुकै नागरिकता प्रयोग गरी कन्सल्टेन्सी दर्ता गरेको पाइएको छ । अपराध अुनसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ परेका श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंकमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता भने नारायण बहादुर राईको राखेको पाइएको छ । विदेश जान चाहने व्यक्तिहरुबाट लिने रकम श्रेष्ठले सोही खातामा जम्मा गर्न लगाउने गरेको र पछि निकालेर चलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीको भनाई छ । प्रहरीले नारायणबहादुर राईसँग बुझ्दा उनको नागरिकता झण्डै १५, १६ वर्ष अगाडि हराएको र विगत ३ वर्षदेखि पठाओ चलाई उनले जीविका चलाउँदै आएको पाइएको छ । तिनै व्यक्तिको नागरिकता
श्रेष्ठ र पाण्डेले दुरुपयोग गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय