काठमाडौं, कतारमा ज्यान गुमाएका १२ जना प्रवासी परिवारले आर्थिक सहायता पाएका छन् । कानुनी कारणले आर्थिक सहायताबाट वञ्चित भएका ति परिवारलाई प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले एम्नेष्टि ईन्टरनेशनल नेपालको साझेदारीमा सहयोग रकम हस्तान्तरण गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ज्यान गुमाएका व्यक्तिका प्रति परिवार १ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरियो । मंगलवार पिएनसीसी कार्यालयमा उपस्थित ७ वटा परिवारले चेक बुझेका थिए । समाज कल्याण परिषदका सहनिर्देशक दिपक आचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकृत धनञ्जय कुमार साह, सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका अध्यक्ष चिरञ्जीवि बराल लगायतले उनीहरुलाई रकम हस्तान्तरण गरेका थिए ।

यसैबीच पिएनसीसीले विगत एक बर्षको सामाजिक परीक्षण पनि गराएको छ । संस्थाले कार्यान्वयन गरेका कार्यक्रमहरुका बारेमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो । छलफलमा समाज कल्याण परिषद, नेपाली दूतावास मलेसिया, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड लगायतका निकायका प्रतिनिधिहरु सहभागि थिए ।

सो अवसरमा सामाजिक परीक्षण विज्ञ तथा अनुसन्धाता विष्णु बहादुर खत्रीले प्रवासी नेपाली समन्वय समितिको सामाजिक परीक्षण सम्वन्धि छलफल सञ्चालन गरेका थिए । उनले सामाजिक परीक्षणको आवश्यकता, परियोजनाको उद्धेश्य, लक्ष्य अनुरुप काम भए/नभएको लगायतका विषयमा छलफल गरिने अवगत गराए ।

सो प्रस्तावमा प्रवासी नेपाली समन्वय समितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कुलप्रसाद कार्कीले संस्थाले विगत एकबर्ष भित्र उद्धार, स्वदेश फिर्तिका पक्षमा गरेका कार्यहरुका बारेमा जानकारी गराए । यसैगरी संस्थाका कार्यक्रम संयोजक अभिमानसिंह लामाले संस्थाले एकबर्ष भित्रमा गरेका महत्वपूर्ण कार्यहरुका बारेमा अवगत गराएका थिए ।

यसैगरी संयोजक लामाले संस्थाले सञ्चालन गरेको आवासगृह सञ्चालनको आवश्यकता, प्रवासी नेपाली समन्वय समितिले सन् २०१३ देखि हालसम्म प्रदान गरेको महत्वपूर्ण सेवा, मुख्य तथ्याङ्क लगायतका विषयमा पनि जानकारी गराए ।

छलफलका क्रममा नेपाली दूतावास, मलेसियाका प्रथम सचिव बलिराम प्रसाद धामीले उद्धारमा प्रवासी नेपाली समन्वय समितिसँग गरिएको अपेक्षा र गर्न सकिने सहकार्यका विषयमा धारणा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय