श्रमिक सभासदलाई सम्मान

काठमाडौं । सरकारले केहि समयअघि सभासदमा मनोनयन गरेका मजदुर नेता पुष्कर आचार्यलाई ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । आचार्यलाई बधाई दिंदै नेपाली कागे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानका प्रायः विषय मिलिसकेकाले माघ ८ गते नैं संविधान आउने बताए । नेपाली काँग्रेस सधैं मजदुरको नजिक रहेकाले संविधान सभाभित्र मजदुरको सहभागिता गराउन पार्टीका तर्फबाट ट्रेड युनियन काँग्रेसका नेता आचार्यलाई सभासद् मनोनयन गरिएको सिटौलाले बताए । सभासद तथा पार्टीका श्रम विभाग प्रमुख बद्रि पाण्डेले नेपाली काँग्रेसको नेतृत्वसँग नीति निर्माण तहमा मजदुरलाई अनिवार्य सहभागिता गराउन माग गरे । दक्षिण एशियाली ट्रेड युनियन परिषद्का महासचिव लक्ष्मण बस्नेतले श्रमिक पक्षीय ऐन , कानुन र सामाजिक सुरक्षा लगायतका विषयहरुमा सरकारले ध्यान नदिएको बताए । सम्मान कार्यक्रममा सभासद् आचार्यले नयाँ संविधानलाई श्रमिक पक्षिय बनाउन आफुले भरमग्दुर प्रयत्न गर्ने भन्दै त्यसका लागि सवै दलसँग मिलेर आफुहरु जाने प्रतिवद्धता जनाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय