युएईमा नियम उल्लंघन गरेमा ५० हजार दिराम जरिवाना, थप दुई नेपालीलाई कोरोना संक्रमण

युएईले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको नियम विपरित काम गरेको पाइएमा ५० हजार दिरामसम्म जरिवाना गर्ने भएको छ । युएईको मन्त्रीपरिषदले यस्तो नियम गत विहिवार पारित गरेको हो ।

घरमै बस्नुपर्ने, निश्चित दुरी (कम्तीमा एक मिटर) कायम गर्नुपर्ने जस्ता नियम उल्लंघन गरेको पाइएमा त्यस्ता उल्लंघनकर्तालाई जरिवाना हुने समाचारमा जनाइएको छ । यसैगरी विनाकारण बाहिर हिंडेको पाइएमा २ हजार दिराम जरिवाना हुनेछ ।

यसैवीच युएईमा थप दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । गल्फ न्यूजका अनुसार पछिल्लो २४ घण्टा भित्र थपिएका ७२ नयाँ विरामी मध्ये दुईजना नेपाली हुन् । तीनजना कोरोना संक्रमणबाट निको भएका छन् । निको हुने मध्ये एक पाकिस्तानी नागरिक हुन् भनें दुईजना बंगलादेशी । युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय