काठमाडौं, मंसिर २९-
मलेसियाको एक घर फिर्ति केन्द्रमा आफ्नो नाम सोमकुमार तामाङ र घर उदयपुर हो भनेपनि नेपाली भाषा समेत नबुझ्ने अवस्थामा भेटिएका छन् । सो केन्द्रमा रहेका ११ जना नेपाली भएपनि सोमकुमार भनें नेपाली भाषा बोल्न नसक्ने र बुझन् पनि नसक्ने भएका कारण मले भाषामा कुराकानी गर्ने अवस्थामा भेटिएका हुन् ।
वैदेशिक रोजगार विभागका महानिर्देश्क भिष्म कुमार भुषालका अनुसार उनले आफु भिनाजु गंगावीर तामाङको साथ लागेर १७ बर्षअगाडी मलेसिया आएको र भिनाजुको मृत्यु भइसकेको बताएका छन् । महानिर्देशक भुषालका अनुसार मलेसिया आउँदा आफू १४ बर्षको रहेको, अर्कैको पासपोर्टमा फोटो परिवर्तन गरेर मलेसिया आइपुगेको र रात्री बस चढेर काठमाडौं आएर अर्को दिन मलेसिया उडेको उनले बताए ।
ईण्डोनेशियाकी युवतीसँग विवाह गरेर बसेका उनले डम्बर बहादुर बस्नेत भन्ने नेपाली साथि भएको र आफू जोहरबारुको एक प्लाष्टिक कम्पनीमा काम गर्ने गरेको जानकारी दिएका छन् । महानिर्देशक भुषालले अरु देशको नागरिक भएमा किन नेपाली हुन खोजेका हुन् भन्दै यदि उनका बारेमा कुनै जानकारी भएमा उपलव्ध गराइदिन आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस् बहराइनमा नेपालीले जिते पहिलो पुरस्कार
