नेपाली कामदार लिन लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्दछ : मलेसिया

क्वालालम्पुर, मंसिर २६-

नेपालबाट कामदार लिन मलेसियाले निश्पक्ष भर्ना प्रकृया अपनाएको यहाँको मानव संशाधन मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका एक प्रवक्ताले एक नेपाली कामदार मलेसियामा लिन रोजगारदाताले ६ हजार ३ सय रिंगिट देखि ७ हजार ९ सय रिंगिट (नेरु झण्डै १ लाख ६५ हजार देखि सवा दुई लाख) बीचमा खर्च हुने बताएका छन् । नेपाल र मलेसियाबीच भएको एमओयू अनुसार सो खर्च रोजगारदाताले तिर्नुपर्दछ ।

मलेसियाको अनलाइन द स्टारका अनुसार रोजगारदाताले विदेशी कामदार व्यवस्थापनका लागि सरकारलाई प्रतिव्यक्ति ६ सय ४० देखि १ हजार ८ सय ५० रिंगिट तिर्नुपर्दछ । यसैगरी सेक्यूरिटी जाँचका लागि १ हजार १ सय ५ रिंगिट, स्वास्थ्य परीक्षणका लागि २ सय ६० रिंगिट, नेपाली दूतावासबाट मागपत्र प्रमाणिकरणका लागि १ हजार रिंगिट तथा विदेशी कामदारको क्षतिपूर्ति योजनाका लागि ७२ रिंगिट रोजगारदाताले व्यहोर्नुपर्ने समाचारमा जनाइएको छ ।

विदेशी कामदारको क्षतिपूर्ति योजनालाई मलेसियाको सामाजिक सुरक्षा प्रणाली जस्तै प्रकृतिको कार्यक्रम सोक्सो अन्तर्गत राख्ने योजना मलेसिया सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ । विदेशी कामदारलाई पनि सो योजनामा दर्ता गरेर दुर्घटना लगायतमा क्षतिपूर्ति सुविधा उपलव्ध गराउने मलेसिया सरकारको योजना छ ।

मलेसियाका रोजगारदाताहरुले भनें विदेशी कामदार ल्याउन ठूलो लगानी पर्ने र यसले मलेसियाली  उत्पादकको प्रतिस्पर्धी क्षमता कमजोर हुने गुनासो गरेको समाचारमा उल्लेख छ । मलेसियाले बंगलादेश, ईण्डोनेशिया तथा भियतनामसँग श्रम समझदारीको तयारी गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय