बैकहरुलाई राष्ट्र बैङ्कको निर्देशनः सामाजिक सुरक्षा कोषमा सहभागि हुनु

काठमाडौं, मंसिर  २५-

नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन निर्देशन दिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले दोहोरो कर लगायतका कुरा राख्दै कोषमा सहभागि हुन मानिरहेका छैनन् । यो अवस्थामा केन्द्रीय बैंकले यस्तो निर्देशक दिएको छ । 

राष्ट्र बैङ्कले सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो । “सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु/गराउनु”, राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ । 

सरकारले सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सरकारले ल्याएको योजना तथा दोहोरो करमा पटक पटकको छलफलमा असहमति जनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरु सहभागि भएका छैनन् । 

गत साउनदेखि श्रमिक सूचिकरण सुरु भएको स्थितिमा बुधबारसम्ममा ११ हजार ७ सय ९७ रोजगारदाता तथा एक लाख ३१ हजार ५ सय ७७ श्रमिक कोषमा सूचीकृत भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय