अवैधानिक रुपमा बसिरहेका कामदारलाई आममाफी खुल्यो

काठमाडौं, साउन २-

अवैधानिक रुपमा बसिरहेका कामदारलाई लक्षित गर्दै मलेसियाले आममाफीको घोषणा गरेको छ । सो आममाफी आगामी महिना(अगष्ट १) देखि सुरु भई डिसेम्वर ३१ सम्म कायम रहनेछ ।

मलेसियाको अनलाइन द स्टारका अनुसार मलेसियाको गृहमन्त्रालयले यसको घोषणा गरेको हो । अवैधानिक रुपमा मलेसियामा बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्किन यो अवसर दिन लागिएको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

गृहमन्त्री मुहिद्धिन यासिनले यसरी स्वदेश फर्किन चाहनेहरुले केवल ७ सय रिंगिट रकम तिरेर स्वदेश फर्किन पाउनेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफ्नो मुलुकको दूतावासले जारी गरेको ट्राभल डकुमेण्ट वा राहदानी लिएर आउनु पर्ने र आवेदन दिएको ७ दिन भित्रमा स्वदेश फर्किन पाउने उनले  बताएका छन् ।

मन्त्रालयद्धारा विहिवार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले अवैधानिक व्यक्तिलाई स्वदेश फर्काउने कार्य केवल अध्यागमन विभागको जिम्मेवारी रहेको र यसमा कुनै एजेण्टको भूमिका नरहने प्रष्ट पारेका छन् । 

यसअघिको आममाफी कार्यक्रमले पनि अवैधानिक रुपमा बसिरहेका विदेशीकोे संख्यामा उल्लेख्य कमी आउन नसकेका कारण नयाँ आममाफीको घोषणा गरिएको गृहमन्त्रीले प्रष्ट पारेका छन् । ५ महिना पर्याप्त समय हुने भन्दै उनले सो समयको सदुपयोग गर्न र स्वदेश फर्किन आग्रह गरे । उनले त्यसरी स्वदेश फर्किनेहरु पुनः मलेसिया आउन भनें कालोसूचिमा रहने जानकारी दिए । (तस्वीरः साँकेतिक रुपमा मात्र प्रयोग गरिएको हो ।) 

१ सय मेनपावर कम्पनीको कारोवार रोक्का (सूचीसहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय