मलेसियामा अवैधानिक रुपमा बसेका नेपाली सहित ९४ जना पक्राउ

क्वालालम्पुर, असार १६-

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ९४ जना आप्रवासी कामदार पक्राउ परेका छन् । पछिल्लो १२ घण्टा प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खोजतलाशका क्रममा २ सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग वैधानिक कागजात नभएको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सवैभन्दा धेरै बंगलादेशी रहेका छन् । बंगलादेशका ३१ जना पक्राउ परेका छन् भनें २८ जना म्यानमारका नागरिक रहेका छन् । यसैगरी ११ जना ईण्डोनेशियाका नागरिक, ५ जना भारतीय, ४ जना नेपाली, तीनजना सोमाल तथा दुई दुई जना पाकिस्तानी र नाइजेरियाली रहेको सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेकाहरुलाई जिनजाङग स्थीत हिरासतमा राखिएको छ ।

यो पनि पढ्नुहोस् रोजगार सम्मेलनः कार्य संस्कृति विकास र सामाजिक, सांस्कृतिक रूपान्तरणमा जोड

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय