६ सय डलरको सपनाले डुवायो

प्रभात कुमार मिश्र, जनकपुर, असार १२-

जनकपुर उपमहानगरपालिका १२ का मुकेश ठाकुर राम्रो कमाई हुने मुलुकमा रोजगारीका लागि जाने योजनामा थिए । उनी बरु केहि बढी नै रकम तिरौं तर कमाई पनि राम्रो हुने र भविष्यका लागि पनि उचित हुने मुलुकको रोजगारी खोज्दै थिए । अर्कातिर उनीजस्तै व्यक्तिको खोजिमा थिए सुचित झा । झा धनुषाकै विदेह नगरपालिका २ का बासिन्दा हुन् ।

ठाकुरलाई झाले आफूले अजरवैजानमा मासिक ६ सय अमेरिकी डलर तलव हुने काममा पठाउन सक्ने भन्दै रकमको मोलमोलाई सुरु गरे । ठाकुरसँग मिसिन आइपुगे उनीजस्तै अर्का युवा कुलानन्द ठाकुर पनि । दुवैले जनही ४ लाख बुझाए सुचित झालाई जसले अवैधानिक बाटो भएर ठाकुरद्धयलाई अजरवैजान पठाउने जिम्मा लिए ।

 

नभन्दै दुवैको भिषा र टिकट आयो जुन नक्कली थिए भन्ने कुरा यतिबेला ठाकुरद्धयले बुझेका छन् । उनीहरुलाई झाले अजरवैजान उडाउन भन्दै दिल्ली पुर्याए । आजभोली भन्दा भन्दै १५ दिन वित्यो तर उनीहरुको उडानको दिन आएन । अन्त्यमा एजेण्ट झाले सेटिङ विग्रिएकोले केहि दिनपछि पुनः दिल्ली ल्याएर उडाउने भन्दै उनीहरुलाई नेपाल फर्काइदिए । आफू भनें दिल्लीमै बसे ।

 

यसरी स्वदेश फर्किएपछि पनि केहि समय त ठाकुरद्धयले आफूहरु पुनः अजरवैजान पठाइने आशमा नै विताए । तर जव झा सम्पर्कविहिन भए उनीहरुले बल्ल आफूहरु ठगिएको पत्तो पाए । अवैधानिक बाटो नै भएर तथा ठूलो रकम बुझाएर विदेश उड्न तयार परेका उनीहरु छाँगाबाट खसेजस्तै भए । हारगुहार गर्दै उनीहरु अहिले विदेह नगरिपालिकाको न्यायिक समिति तथा सामीद्धारा सञ्चालित सुचना केन्द्रमा आइपुगेका छन् । दुवै ठाउँमा उनीहरुले आफूहरु ठगिमा परेको भन्दै पैसा फिर्ता गराइदिन आग्रह गरेका छन् ।

एजेण्ट झाको जनकपुर ४ मा पनि एक घर रहेको छ जुन उनले भाडामा लगाएका छन् । उनी हाल भारतको मधुवनीस्थीत ससुरालीमा लुकेर बसेको अनुमान छ । आक्कलझुक्कल नेपाल आउने उनी पुनः भागेर भारत पुगिहाल्ने गरेको पीडितहरु बताउँछन् । एकबर्ष भन्दा लामो समयदेखि यो लुकामारी चलिरहेको छ । 

यो पनि पढ्नुहोस् एजेण्ट भागेको भाग्यै, पीडित खोजेको खोज्यै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय