चन्दा उठाएर नेपाल पठाईयो एक नेपालीको शव

क्वालालम्पुर, असार ६-

मलेसियामा आपसी झगडाका क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका एक नेपालीको शव जिफन्ट सहयोग समुहको पहलमा नेपाल पठाइएको छ । धादिङको गुम्दी १ का कालु बहादुर तामाङको गत मे १७ तारिकको दिन उपचारकै क्रममा ईपोस्थीत स्थानीय एक अस्पतालमा मृत्यु भएको थियो ।

अवैधानिक रुपमा मलेसियामा बस्दै आएका तामाङको शव नेपाल पठाउन ठूलो रकम लाग्ने र परिवारको आर्थिक अवस्था पनि कमजोर भएकाले जिफन्ट सहयोग समुह, मलेसियाले चन्दा संकलन गरी उनको शव नेपाल पठाएको हो ।

जिफन्ट सहयोग समुह, मलेसियाका अध्यक्ष प्रेम मगरका अनुसार उनको शव नेपाल पठाउन  जिफन्ट सपोर्ट ग्रुप मलेसियाको क्षेत्रीय कमिटी इपोका प्रतिनिधिहरु बासुदेव चौधरी, क्षेत्रराज घिसिङ लगायतको अगुवाईमा सम्भव भएको हो ।

तामाङको शव नेपाल पठाउन ३ हजार ८ सय रिंगिट तथा अस्पतालमा उपचार खर्च वापत ४ सय रिंगिट गरी ४ हजार २ सय रिंगिट(झण्डै रु. १ लाख १० हजार) रकम जिफन्टका ईपोस्थीत क्षेत्रीय कमिटीका अगुवाहरुले संकलन गरेका थिए ।

ईपोस्थीत एक कम्पनीमा कार्यरत तामाङको कम्पनीमा काम सकेर होटलमा खाना खान गएको समयमा सोही होटलमा अन्य नेपालीसँग झगडा भएको थियो । सोही क्रममा कुटपीटबाट घाइते भएका तामाङको स्थानीय अस्पतालमा उपचार गरिएपनि उनलाई बचाउन नसकिएको हो । मृतक तामाङको शव असार ६ गते शुक्रवार अपरान्ह नेपाल पठाइएको छ ।

यो पनि पढ्नुहोस् मृत्यु भएकी महिलाका आफन्तलाई सम्पर्कमा आउन दूतावासको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय