कोरियाली भाषा परीक्षामा अनुपस्थीत र  निष्काशित हुनेको संख्या पनि ठूलो

 

काठमाडौं, जेठ २५-

कोरियाली भाषा परीक्षा(ईपिएस) अन्तर्गत पहिलोे दिन ४ हजार ३७ जना परीक्षार्थी अनुपस्थीत  भएका छन् । कुल ४६ हजार १ सय ९६ परीक्षार्थी मध्ये ति परीक्षार्थी अनुपस्थीत रहेको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले जानकारी दिएका छन् ।

यसैगरी पहिलो दिनको परीक्षामा ४७ जनालाई निष्काषित गरिएको महानिर्देशक भुषालले बताए । उनले आइतवार हुने परीक्षालाई पनि मर्यादित बनाइने भन्दै कुनै पनि अनियमितता नगर्न सचेत गराए । यसबर्ष कोरीयाली भाषा परीक्षाका लागि ९२ हजार २ सय ५६ जनाले फारम भरेका छन् ।

काठमाडौं, ललितपुर र पोखराका ३२ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा भइरहेको छ । यसका लागि काठमाडौं र ललितपुरमा २८ तथा पोखरामा चार स्थानमा परीक्षा केन्द्र राखिएका छन्। (ईण्टरनेटमा उपलव्ध तस्वीर साँकेतिक रुपमा प्रयोग गरिएको हो ।)

यो पनि पढ्नुहोस् नेपाली कामदारले उपदान पाउने व्यवस्था सहित युएई र मरिसससँग श्रम समझदारी हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय