साउदी अरवमा मनाए नेपाली श्रमिकले मे दिवस

 

काठमाडौं,बैशाख २३- 

स्वदेशमा वा प्रवासमा सबैलाई सामाजिक सुरक्षाभन्ने नाराका साथ जिफन्ट सहयोग समूह, साउदी अरवले १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । साउदीको दमामस्थीत रोज रेष्टुरेन्टमा श्रमिक समस्या बिषयक अन्तरकृया र साँस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि साउदीस्थीत नेपाली दूतावासका श्रम सहचारी अम्बिका अधिकारीले शुभकामना दिंदै साउदीमा रहेका नेपाली श्रमिकका लागि आफुहरु चौविसै घण्टा सेवामा समर्पित भएको बताए । उनले साउदीमा आर्थिकमन्दीका कारण बन्द हुन पुगेका अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जेएन्डपी, साउदी मार्बल एन्ड ग्रेनाइटेड लगायतका कम्पनीमा कार्यरत नेपालीहरुलाई दूतावासले काम खोजेर रोजगारीमा संलग्न गराएको र केहीलाई नेपाल पठाएको जानकारी दिए । १० हजार नेपाली कार्यरत अजमिलमा हाल १ हजारको हाराहारीमा नेपाली रहेको र उनीहरूको हकमा पनि साउदी लेबर कोर्टले नेपाल पठाउन आदेश जारी गरिसकेको उनको भनाई थियो । उनले कम्पनीले कामदारहरु फिर्ता पठाउन केही समय मागेको र सो समयसीमामा पठाउन नसकेमा स्वदेश फिर्ताको जिम्म साउदी सरकारले समेत लिने भएको जानकारी गराए ।

साउदी भौगोलिक रुपमा ठूलो भएको र दूतावासमा जनशक्तिको अभावका कारण श्रमिकहरुको समस्या तुरुन्त समाधान गर्न नसकिएको श्रमसहचारी अधिकारीले बताए । उनले साउदी लेबरकोर्टमा कम्पनीले ३ महिनासम्म सेवा सुविधा दिन नसक्दा पनि मुद्दा हाल्न नपाउने प्रावधान छ । कम्पनीलाई दबाब दिन ९१ दिन कुर्नुपर्दा उद्धारमा ढिलासुस्ती भएको उनको भनाई थियो ।

यसैगरी कार्यक्रमका बिशेष अतिथि दूतावासका पुर्वक्षेत्रका कर्मचारी हरि घिमिरेले जिफन्टका प्रतिनिधिहरु साउदीको कुनाकुनामा पुगेर दूतावाससँग सहकार्यमा पिडित श्रमिकहरुलाई उद्धार गर्ने गरेकोमा खुशी व्यक्त गरे । आगामी दिनमा समेत सो कार्यलाई निरन्तरता दिनेमा आफू ढुक्क रहेको बताउँदै दूतावासका तर्फबाट गर्नुपर्ने सहयोगका लागि सधैं तत्पर रहेको उनको भनाई थियो ।

जिफन्ट साउदीका संरक्षक शम्शेर तामाङले श्रमिक दिवसका बारेमा स्पष्ट पार्दै ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको जगमा टेकेर समूहले अन्तरकृया तथा साँस्कृतिक कार्यक्रम पनि गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रवासी मञ्चका संयोजक शिवराज जैसी, महिला संयोजक अम्बिका सापकोटा(अधिकारी), दलित सञ्जालका अध्यक्ष रमेश लाम्काने, हिमाल फुटबल क्लबका अध्यक्ष एम लामा बोम्जन, हेल्प मधेसीका अध्यक्ष कमलदेव साह, जनसम्पर्क समिति साउदीका सभापति दिपक रेग्मी, साझा मञ्च पुर्व क्षेत्रका संयोजक आदर्श भुवाजु, दिदिबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ, तमुधिंका अध्यक्ष खेम गुरुङ, मगर संघका संरक्षक खिम गर्बुजा, किराँत राई यायोक्खाका कार्यबाहक अध्यक्ष सिके चाम्लिङ, एनआरएन आईसीसीका सदस्य जोन अर्याल, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, एनआरए मानार्थ सदस्य राजु सायद, नेपाली सहयोग युवा मञ्चका अध्यक्ष विजय लामा, अन्तर समन्वय समितिका पुर्वअध्यक्ष मोहन विएसके, विवेकशील पार्टीका संयोजक सुवास तामाङ, अन्तराष्ट्रिय रोल्पाली समाजका अध्यक्ष नरेन्द्र जीसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लोक दोहोरी गायिका लक्ष्मी तामाङ, गायक डिके रोल्पाली (डिके), गायकहरु रोशन तामाङ, प्रेम बिसी, समीर राई, रन राई, टेकबहादुर आले मगर, यसटी मगरले आफ्ना प्रस्तुति प्रस्तुत गरे । यसैगरी धनकुमारी पुुुन मगर, मञ्जु परियार, मुना तामाङ, सिरि राई, भीमकला विश्वकर्मा, बिमल राई, प्रेम घर्ती मगर र कमली तामाङ लगायतको नृत्यसँगै दर्शक पनि नाचेका थिए ।

यसैबीच नेपाली श्रमिकको समस्या समाधानका लागि गरेको महत्वपूर्ण सहयोग तथा श्रमिक मैत्री कार्यको सम्मान गर्दै दूतावासका पुर्वक्षेत्रका कर्मचारी हरि घिमिरेलाई कार्यक्रममा जिफन्टले दोसल्ला ओढाएर सम्मान गरेको थियो । यसैगरी कार्यक्रममा भोजपुरकी मुटु रोगी बिबिना राई बचाउ अभियानका अभियन्त राजकुमार राईलाई ८ सय ८७ रियाल सहयोग रकम प्रदान गरिएको थियो ।

जिफन्ट, साउदीका अध्यक्ष बुद्धिमान विश्वकर्मा सभापति रहेको कार्यक्रममा महासचिव डम्बर नेपाली र सदस्य हेमराज रसाइलीले पनि विचार राखेका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय