काठमाडौं, बैशाख २०-
सरकारले बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई व्यवसायजन्य रोग लागेमा त्यसको उपचार गर्ने दायित्व रोजगारदाताको नै हुने गरी सम्झौता गर्ने जनाएको छ । सरकारको नीति तथा कार्यक्रममा सो विषय समेटिएको हो ।
यसैगरी बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थीत गर्न थप मुलुकसँग श्रम सम्झौता गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । श्रमिकको पारिश्रमिकलाई बैंक मार्फत नै भुक्तानीको व्यवस्थालाई कडाईपूर्वक लागु गर्ने पनि सरकारले नीति बनाएको छ ।
यो पनि पढ्नुहोस् आगामी बर्ष नै स्वदेशमा ५ लाखलाई रोजगारी
