कोरियाली भाषा परीक्षाको आवेदन सुरु

काठमाडौँ, चैत्र

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आज(शुक्रबार)देखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुलेको भाषा परीक्षाका लागि आज(शुक्रबार) देखि चैत्र १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन्

त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका कोरियामा १० भिसामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्

आवेदकले फाराम भर्दा राहदानीमा फोटो भएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्नेछ आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा आइएमईपे तथा सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ आगामी जेठ २५ २६ गते काठमाडौँ पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ

कोटा बढ्यो

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही संख्यामा वृद्धि भएको सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो

उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको (रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय