रोजगारी अवको बाटो सुरु

काठमाडौ, फागुन ३-

बैदेशिक रोजगार र आन्तरिक रोजगारको अवको बाटो के हुने ? बैदेशिक रोजगारमा विभिन्न मुुलुकमा रहँदा के कस्ता कुरामा ध्यान दिने ? अप्ठ्यारो परेमा कसरी सम्वन्धित निकायको मद्धत लिने ? यहि विषयलाई समेटेर अनलाइन कार्यक्रम रोजगारी अवको बाटो सुरु भएको छ ।

यो कार्यक्रम बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहकार्यमा देशपरदेश डटकमले सुरु गरेको हो । हरेक हप्ता शुक्रवार अपरान्ह १ः१५ देखि  २ बजेसम्म प्रशारण हुने यो कार्यक्रम देशपरदेश अनलाइनसँगै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेभसाइट, बैदेशिक रोजगारी मोवाइल एपबाट पनि प्रशारण हुन्छ ।      

पहिलो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार  कार्यक्रम, स्वदेशमा रोजगारी सिर्जनाका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताए । उनले  बैदेशिक रोजगारलाई व्यवस्थीत गर्न सरकारले प्रयास गरिरहेको भन्दै बाध्यताको बैदेशिक रोजगारी अन्त्य गर्नेगरी काम भइरहेको धारणा राखे ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय