काठमाडौं, फागुन १-
उदयराज पाण्डे मलेसियाका लागि नेपाली राजदूत नियुक्त भएका छन् । सरकारले यसअघि नै उनलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरिसकेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन् । पाण्डेले यसअघि साउदी अरवका लागि नेपाली राजदूत भएर काम गरिसकेका छन् ।
बेरोजगार भत्ता कसले पाउँछन्, कसले पाउँदैनन् ?
यो पनि पढ्नुहोस् स्वदेशमा नै गरिखाने पर्याप्त आधार सिर्जना गर्ने उद्घोष सहित सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम
