मलेसियामा तीन महिनादेखि तलव नपाएपछि २ हजार नेपाली आन्दोलनमा उत्रिए

 

क्वालालम्पुर, माघ १५-

मलेसियाको एक कम्पनीमा महिनादेखि काम गरेको तलव नपाएपछि हजार नेपाली आन्दोलित भएका छन् मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लुआरपी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिक आन्दोलनमा उत्रेका हुन् । सो कम्पनीले ग्लोव उत्पादन गर्ने गर्दछ । सो कम्पनीले श्रमिकको शोषण गरिरहेको भन्दै यसअघि बेलायती सञ्चार माध्यम गार्जियनले पनि समाचार प्रकाशित गरेको थियो ।  

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका पूर्व महासचिव अर्जुन सुवेदीका अनुसार मंगलवार विहानैदेखि सो कम्पनीमा प्रहरी तैनाथ गरिएको सो कम्पनीमा कार्यरत दुईजना नेपालीले आफूसँगको कुराकानीमा तीन महिनादेखि आफूहरुले तलव नपाएको तलव माग्दा एकमहिनाको मात्र दिने बताएपछि कामदारहरु आन्दोलनमा उत्रिएको बताएको सुवेदीले बताए   

मलेसियामा आन्दोलनको भिडियो बनाउने नेपालीमाथि कुटपीट, श्रम कार्यालयले बोलायो रोजगारदातालाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय