सुतेको अवस्थामा नै एक नेपालीको मृत्यु

कावासोती, माघ ६-

मलेसियामा सुतेको अवस्थामा नै एक नेपालीको मृत्यु भएको छ । मध्यविन्दु १४, नवलपुरका प्रेम बहादुर बयम्बुको गत माघ ३ गते मृत्यु भएको हो ।

बयम्वूको परिवारलाई मलेसियाबाट एक नेपालीले फोन गरी उनी राती राम्रैसँग सुतेको तर बिहान मृत अवस्थामा भेटिएको जानकारी दिएका छन् । ४१ बर्षिय बयम्वूका २ छोरी छन् । रोजगारीका लागि १० बर्ष अगाडी मलेसिया गएका उनको शव नेपाल ल्याउने प्रकृया सुरु गरिदिन उनका भिनाजु पूर्ण बहादुर सारुले कावासोतीस्थीत सुचना केन्द्रमा निवेदन दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय