काठमाडौं, पुष १८-
जापानले नेपाली कामदार लिने निर्णय सार्वजनिक गरेसँगै नेपालमा ठगि सुरु भएको छ । जापानको लागि नेपाली कामदारको माग आएको र आफूहरुले पठाउने भन्दै केहि संस्थाले विज्ञापन नै प्रकाशन गर्न थालेको भन्दै बैदेशिक रोजगार विभागले त्यस्तो भ्रममा नपर्न आग्रह गरेको छ ।
बैदेशिक रोजगार विभागले एक विज्ञप्ती प्रकाशन गर्दै नेपालबाट जापानमा रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारले कुनै निर्णय गरिनसकेको भन्दै त्यस्तो विज्ञापन, सुचना प्रकाशन, प्रशारण नगर्न विभागले त्यस्ता संस्थालाई सचेत गराएको छ ।
विभागका निर्देशक भोलानाथ गुरागाईले जापान पठाउने विषयमा पारदर्शीता हुने हुँदा जापान पठाउने भनेर संस्थागत, व्यक्तिगत वा कम्पनीबाट गरिएको सवै कृयाकलाप कानून विपरित भएको भन्दै त्यस्तो काम नगर्न र कसैले गरेको फेला परेमा बैदेशिक रोजगार ऐन बमोजिम कारवाही हुने चेतावनी दिएका छन् ।
जापानले नेपाली लगायत विभिन्न मुलुकबाट लैजाने कामदारका विषयमा सरकारी तहमै छलफल गरिरहेको छ ।
