काठमाडौं, पुष १७-
सन्तोष बोगटी रोजगारीका लागि मलेसिया गए । रोजगारी थियो राजधानी क्वालालम्पुरमा । काम चित्त नबुझाउनुपर्ने थिएन । तर पनि उनको मनमा अर्कै छटपटी थियो । ३ बर्ष मलेसियामा काम गरेर फर्किएपछि नेपालमा गएर के गर्ने ? यहि छटपटीले उनलाई कुनै न कुनै सीप मलेसियामा सिक्न प्रेरित गरिरह्यो ।
त्यहि छटपटी उनले आफ्ना रोजगारदातालाई सुनाए, अनुरोध गरे र पुगे क्यामरन हाईल्याण्ड जहाँ आधुनिक ढंगले कृषि गरिन्थ्यो । त्यहाँ उनले रातदिन नभनी आधुनिक तरिकाले कसरी खेती गर्न सिकिन्छ भनेर सिके र नेपाल फर्केपछि अहिले त्यसलाई नै प्रयोग गरिरहेका छन् । काठमाडौंको दहचोकमा झण्डै ५५ रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका सन्तोषको मलेसियाको सीप अनुभव र नेपालको खेती किसानीका बारेमा अनुभव हेर्नुहोस् ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/O3WBBtdu9o4″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
{/source}
