सरकार श्रमिकको माझमा छः प्रधानमन्त्री ओली

काठमाडौँ, मंसीर ११-

निजी क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मंगलबार सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच यसको उद्घाटन गरे ।

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम विश्वलाई नै देखाउन लायक भएको बताए । यो कार्यक्रमसँगै नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले हुँदा खाने र हुने खाने तथा रोजगारीमा रहेका र रोजगारी गुमाएका सबै नागरिकलाई समेट्ने नयाँ प्रणालीको थालनी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले गरेको धारणा राखे । प्रधानमन्त्री ओलीले सरकार श्रमजीविको बीचमा रहेको प्रमाण यहि कार्यक्रम लागु हुनु रहेको भन्दै श्रमिकको भविष्य निर्माण गर्न सरकार तल्लीन रहेको तर्क गरे ।

सो अवसरमा बोल्दै श्रम मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षाले नेपालमा श्रमिकले मर्यादित जीवनयापन गर्न पाउने तथा लगानीमैत्री वातावरण निर्माण हुने बताए । उनले हालसम्म रहँदै आएको श्रमिकको अनिश्चित र असुरक्षित भविष्यलाई यस कार्यक्रमले अन्त्य गरेको धारणा राखे ।

कार्यक्रममा विभिन्न ट्रेड यूनियनहरु तथा रोजगारदाताहरुका संस्थाका प्रतिनिधिहरुले कार्यक्रमप्रति समर्थन जनाएका थिए ।

यो पनि पढ्नुहोस् नीजि क्षेत्रका श्रमिकको पनि अव पेन्सन र उपादान, यस्ता छन् सुविधाहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय