आइएलओ महासन्धि १८९ अनुमोदन गर

काठमाडौं, कात्तिक ३०-

नेपालमा कार्यरत गैरसरकारी संस्थाहरु तथा ट्रेड यूनियनहरुले घरेलु कामदारको अधिकार रक्षा सम्वन्धि आइएलओको महासन्धि १८९ को अनुमोेदन गर्न सरकारसँग माग गरेका छन् । पत्रकार सम्मेलन गर्दै तिनिहरुले घरेलु कामलाई मर्यादित बनाउन सो महासन्धि अनुमोदनको आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेशनल नेटवर्क फर सेफ माइग्रेसन (एनएनएसएम) का अध्यक्ष कुलप्रसाद कार्कीले श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले पनि घरेलु श्रमिकको अधिकारलाई राम्रोसँग सुरक्षित नगरेको बताए । उनले आइएलओको महासन्धि १८९ को अनुमोदन गर्नुपर्नेमा जोड दिंदै यसले घरेलु कामदारको अधिकार रक्षा गर्ने धारणा राखे ।

सामाजिक सुरक्षाका विषयमा आइएलओले गरेको एक अध्ययन अनुसार विश्वभरीमा झण्डै ७ करोड  घरेलु कामदार मध्ये लगभग ९० प्रतिशत घरेलु कामदारको सामाजिक सुरक्षामा पहुँच छैन । यसरी घरेलु काम गर्ने मध्ये अधिकाँश महिला छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय