जहाँ सवैभन्दा धेरै नेपालीले ज्यान गुमाउँदैछन्

काठमाडौं, कात्तिक १८-

बैदेशिक रोजगारमा जाने नेपालीको एउटा रोजाईको गन्तव्य मुलुक हो मलेसिया । नेपालले फ्रिभिसा, फ्रिटिकटको निर्णय गर्नुअघि मलेसिया नेपालीका लागि पहिलो गन्तव्य मुलुक थियो । त्यसपछि साउदी अरव नेपालीका लागि पहिलो रोजाईको गन्तव्य मुलुक बन्यो, रोजगारीका लागि जाने नेपालीको संख्याका आधारमा ।

जव पेट्रोलियम पदार्थको विश्वव्यापी रुपमा मूल्य घट्यो, त्यसपछि साउदी अरवमा रोजगारीको अवसर खुम्चिए । अनी फेरी नेपाली सवैभन्दा धेरै जान थाले उहि मलेसिया । वर्तमान श्रम मन्त्री गोकर्ण विष्टले भिएलएन लगायतका श्रम गर्न जाने नेपालीसँग चर्को शुल्क असुल्ने संस्थाहरु खारेजीको घोषणा गत जेठ २ गते नगरेसम्म मलेसिया पहिलो गन्तव्य मुलुक थियो । हाल बन्द अवस्थामा रहेको मलेसियाको रोजगारी अव फेरी खुल्ने अन्तिम चरणमा छ । तर त्यहि मलेसियाको रोजगारीको एउटा पाटो त्यहाँ रोजगारीका लागि जान चाहने नेपालीलाई तर्साउने खालको छ ।

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याँक अनुसार २०६५ देखि २०७५ असोज मसान्तसम्म बैदेशिक रोजगारमा गएकाहरु मध्ये ६ हजार ९ सय २१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसमध्ये २ हजार ४ सय ९६ जनाको मृत्यु मलेसियामा भएको छ । यसरी मृत्यु हुने मध्ये २ हजार ४ सय ६३ जना पुरुष र ३३ जना महिला छन् ।

यसैगरी साउदी अरेवियामा १० बर्षभित्रमा १ हजार ९ सय २ जनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउने मध्ये १ हजार ८ सय ९८ जना पुरुष छन् भनें ४ जना महिला छन् । कतारमा यहि अवधिमा १ हजार ३ सय ६७ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये १ हजार ३ सय ५८ जना पुरुष छन् भनें ९ जना महिला छन् । कतारमा रोजगारीमा नेपाली महिलाको संख्या पनि थोरै छ ।

रोजगारीका क्रममा विदेश पुगेका ति नेपालीको विभिन्न कारणले मृत्यु हुने गरेको छ । यसमध्ये हृदयाघात, सडक दुर्घटना तथा पछिल्लो समयमा आत्महत्याका कारण ज्यान गुमाउने धेरै छन् । नेपालीको मृत्युदर धेरै देखिएपनि यसलाई नियन्त्रण गर्नेतर्फ भनें खासै काम भएको छैन ।     

यो पनि पढ्नुहोस् विदेशको काम, तलव सवै नेपालमै हुँदा अनलाइन मार्फत हेर्न सकिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय