रोजगारी सिर्जनाले मात्र आर्थिक विकास सम्भव

काठमाडौं, कात्तिक ५- नेकपा नेता एबं पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझीले रोजगारी सिर्जना नभएसम्म आर्थिक विकास हुन नसक्ने बताएका छन् सोमबार गुल्मीको मुसिकोट नगरपालिकाको बौद्धिक सम्मेलनको समापन समारोहमा बोल्दै रायमाझीले कृषि पर्यटन, जलश्रोतको उपयोग तथा उद्योग विस्तारवाट समृद्धि हासिल गरिने बताए

नेता रायमाझीले सरकार विकास समृद्धिको एक मात्र एजेण्डा वोकेर अगाडि वढेको बताए उनले अव कुनै राजनैतिक आन्दोलनको खाँचो नरहेको भन्दै पूर्वाधार विकास अव कसैले रोक्न नसक्ने वताए

पूर्वाधारसंगै शिक्षा स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान जाने सवै विकासमा सवैको सहकार्य जरुरी रहेको बताए

दुई दिनसम्म चलेको बौद्धिक सम्मेलन ३५ वुँदे घोषणा पत्र जारी गर्दै सकिएको समापन कार्यक्रममा प्रदेश नं. का सामाजिक विकासमन्त्री सुर्दशन वलाल, नेकपाका मुसिकोट नगर संयोजक जीवन खरेल, नेकपाका मुसिकोट अध्यक्ष खुम वहादुर थापा, नेपाली काग्रेसका मुसिकोट अध्यक्ष झविलाल भण्डारी लगाएतले बौद्धिक सम्मेलनको प्रशंसा गरेका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय