काठमाडौं, काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् ।
सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२-०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १५० जना फेला परेका छैनन् ।
आव २०७२-०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार आव २०७२-०७३ मा १११, २०७३-०७४ मा १०९, आव २०७४-०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ ।
(रासस)