३२ रुपैंया नाघ्यो रियालको मूल्य, रिंगिट पनि २९ तर्फ

काठमाडौं, असोज १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार पनि बहुसंख्यक नेपाली कार्यरत मुलुकको मुद्राको मुल्य बृद्धि भएको छ । विहिवार कतारी रियालको खरिदर ३२ रुपैंयाँ १५ पैसा र विक्रि दर ३२ रुपैंयाँ ३१ पैसा छ । युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ८७ पैसा छ भनें विक्रि दर ३२ रुपैंयाँ ३ पैसा छ ।

साउदी रियालको खरिददर ३१ रुपैंया २१ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ३७ पैसा छ । अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता बृद्धि देखिएको छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ २८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४३ पैसा छ । लामो सयम घटेर २५ को आसपास रहेको रिंगिटको मूल्यमा आएको बृद्धिले मलेसियामा ठूलो संख्यामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३८५ रुपैंया ४८ पैसा छ भनें विक्रि दर ३८७ रुपैंयाँ ४६ पैसा छ । बहराइन दिनारको खरिददर ३१० रुपैंयाँ ५२  पैसा छ भनें विक्रि दर ३१२ रुपैंयाँ १२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय