काठमाडौं, असोज ८-
मलेसियामा विषाक्त मदिराका कारण मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ । क्वालालम्पुरस्थीत नेपाली दूतावासका अनुसार मृत्यु हुने पछिल्ला दुईजनामा सुकुवल घिसिंग र सर्लाहीका शेर बहादुर ठकुरी रहेका छन् ।
दूतावासका अनुसार विषाक्त मदिराका कारण अस्पताल भर्ना भएका अरु ७ जना नेपाली भनें होष्टल फर्किएका छन् । उपचाररत १० जना मध्ये ३ जनाको अवस्था अझै गम्भीर छ । बाँकी ७ जनाको भनें स्वास्थ्यमा सुधार आइरहेको दूतावासले जनाएको छ ।
मलेसियामा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका नागरिक गरी ३३ जनाको मृत्यु भइसकेको छ ।
योे पनि पढ्नुहोस् मान्छे मार्ने रक्सी बेचेको अभियोगमा ३ नेपाली सहित १० जना पक्राउ
यी ३ मादक पदार्थ जसले मलेसियामा लियो १५ जनाको ज्यान
